Skip to content

जिन्दगीमा के गरिन र ?


जन्में, हुर्हें, पढें, साँच्ची, सब गरें, के गरिन र ?
घाँस, स्याउला, भारी बोक्दै, लेक, बेंसी झरिन र ?

आटो, पिठो, रोटी, मकै, खाँदै – खाँदै बाँचेकै हो ।
चाम्रे, चिल्लो नभए नि, रित्तो पेट भरिन र ?

जागिर भेटेँ, साथी भेटेँ, सञ्जाल विस्तार भएकै छ ।
कसैको आड नलिएरै, अन्ध जँघार तरिन र ?

माया गर्ने मान्छेहरू, अदृश्य भै लुक्दरैछन ।
घुमिफिरी आखिरीमा, तिम्रो प्रेममा परिन र ?

माया खोज ! गरेको छु, तिम्रै लागि हृदयमा ।
अनुभूत प्रेमी पुष्प, ‘कमल’ पत्ता छरिन र ?

रचनाकाल : २०६८/०८/१९
चिसिँदो रात, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *