Skip to content

माया गर्ने जोडीहरूको अचेल यहाँ जाम छ

  • by


माया गर्ने जोडीहरूको अचेल यहाँ जाम छ
उसैको हो संसार पनि जस्को धेरै दाम छ ।

फेसन हेर रातो कपाल कानमा मुन्द्रा केटाहरू
छोटो स्कट धेरै बिहे गर्नेहरूकै नाम छ ।

न पत्याउछन् आफूलाई न गरिन्छ लफडा नै
जाल झेल भ्रष्ट्रचार गर्नेको नै काम छ ।

के भ’का हुन् केटाकेटी कलेजको त कुरै छाड
क्लास हापी डेटीङ स्पोट मन्दिर अनि धाम छ ।

भरतपुर -१३ गजलकुन्ज,
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *