Skip to content

आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न


आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न
स्वाभीमानी बन्धक राखी झुक्न चाहन्न

नभएका हैनन् यहाँ आफै बेचिने
बेचिएर जीवनमा चुक्न चाहन्न

सुख दु:ख खोलासरी मेरो जीवनी
बाटो छेकी बगर झै सुक्न चाहन्न

कोमल यो मुटु मेरो ढुङ्गा बनाई
मनमनै बर्सिएर दुख्न चाहन्न

मृत्यु बरु स्वीकारिन्छ परिआएमा
दुई मुठी सास धान्न ढुक्न चाहन्न

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

9 thoughts on “आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न”

    1. धन्यवाद यहाँलाई।कहिले काँहि
      धन्यवाद यहाँलाई।कहिले काँहि नामै नहुदाँ पनि परिचय पाईने।धन्यवाद फेरि पनि कुनै दिन यहाँले गर्नुभएको सहयोग यो मष्तिस्कमा ताजै छ।

    2. keep it up
      राम्रो र निखारियाको लाग्यो, उमेर भन्दा पाको लाग्यो,

    1. अतृप्त सर नामै नभएको मान्छे
      अतृप्त सर नामै नभएको मान्छे पनि मान्छे चाँहि पक्का हो।कहिले काँहि मानिसलाई गुमनाम बस्ने ठूलो चाहना।त्यसैले होला सायद नाम उल्लेख गर्न सम्स्या भएको।जे होस म नामै नभएको मान्छे चिन्छु।धन्यवाद फेरि पनि मनपराईदिनुभएकोमा।

    2. अतृप्त सर नामै नभएको मान्छे
      अतृप्त सर नामै नभएको मान्छे पनि मान्छे चाँहि पक्का हो।कहिले काँहि मानिसलाई गुमनाम बस्ने ठूलो चाहना।त्यसैले होला सायद नाम उल्लेख गर्न सम्स्या भएको।जे होस म नामै नभएको मान्छे चिन्छु।धन्यवाद फेरि पनि मनपराईदिनुभएकोमा।

  1. ढकमक्क सुनगाभा
    नमस्कार !
    हेहेहे…

    ४४० भोल्टको मार्ने करेण्ट
    मिठो गजल, मिठो कमेण्ट ॥

    धन्यवाद !
    हेहेहे…

    1. ठिस शैलेश सर
      लौ अहिले भने नाम नभएको मान्छेको नाम भेटियो।प्रतिकृया गर्ने तरिकाबाट नै थाहा भयो ठिस शैलेश सर।धन्यवाद।

    2. नमस्कार ठिस शैलेश बूढा सर।
      नमस्कार ठिस शैलेश बूढा सर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *