Skip to content

सुकविता – नेपाल बन्द गरौँ

ShushmaManandhar-05


हिजो आज सजिलो छ, कुरा मनाउन
जाउँ साथी आज नेपाल बन्द गराउन
सरकार छैन यहाँ कुनै प्रतिकार छैन
जाउँ साथी आज नेपाल बन्द गराउन ।

एकतन्त्र गयो अब प्रजातन्त्र आ’छ
गर्नेलाई सबै छुट् झुट्पनि बोल्न पा’छ
यै हो मौका सडकबाट साधु थर्काउन
जाउँ साथी आज नेपाल बन्द गराउन ।

बिरालोले सातो खायो, भाले शहिद भा’छ
बास्न पाउने माग राख्दै पोथी अन्सन मा’छ
हर्जानाको निहुँमा अब हलो अड्काउन
जाउँ साथी आज नेपाल बन्द गराउन ।

1 thought on “सुकविता – नेपाल बन्द गरौँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *