Skip to content

औंसीको रात दियौं ।

चाँहेको थिएँ तिमीलाई,छानी–छानी घात दियौं ।
पुर्णिमा मा साथ दिनेले,किन औंसीको रात दियौं ।

परभई सबै संग तिम्रो लागि बाँच्न रोज्दा
तिम्रो लागि मछु भनी,कहिले तिमीले हात दियौं ।

आफ्ना सबै रहर मारी दुनियाँको रितलाई पर सारी
सुखै दिन चाँहे तिमीलाई,मलाई दुःखको खात दियौं।

आठम्बरले भरिएको जुन तिम्रो त्यो धनी मनले
औकात देखाई आज मलाई,तिखो बचनको बात दियौं ।

रोई मागेको साथ तिम्रो जिबन बिताउन तिमी संग
हाँस्दै बिदा आफैं माग्यौं,चिनो सुकेको पात दियौं ।……….दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *