आज मेरो छाती दुख्यो, भोलि तिम्रो दुख्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पात-सरी सुक्न सक्छ
त्यसैले त प्रण गरौँ धुम्रपान त्याग्नलाई
जागौं अब हे युवा मद्यपान गर्न छाड्नलाई
गर्व गर्न लायक हुन्नौं, सन्ततिले थुक्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पातसरी सुक्न सक्छ
कति देह माटो बन्यो, यसकै सेवन गर्दा यहाँ
कति कठै तडपिन्दै छन्, बोक्दै ज्यानमा दर्द यहाँ
आजै देखि त्यागौं कुलत, भोलि मौका चुक्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पातसरी सुक्न सक्छ
आज मेरो छाती दुख्यो, भोलि तिम्रो दुख्न सक्छ
कल-कलाउँदो बैंश हाम्रो, पात-सरी सुक्न सक्छ
राजेश रुम्बा लामा “अतृप्त”
१०-१२-२०११