Skip to content


बस !
तिम्रो हृदयको रेगिस्तानमा
एउटा मायाको जैतुन
फुलाउन मन छ
ओ ! तेन्जिङ
भन त कसरी
नाघ्ने हामीले
यी कर्तव्यका पहाडहरू,
बस् !
तिम्रो वक्षको पोखरीमा
इच्छाका राता गुलावहरू
खिल्खिलाउन मन छ
अदब राखेर
यतिखेर तिम्रो हाँसोलाई
म स्यालुट गर्छु
र आदेश पर्खन्छु
तिम्रो मौनताको,
म प्रेमको सिपाही
म समर्पणको कैदी
तिम्रो मातहत
र तिम्रै दुर्गको
निश्लोट निश्लोट
खात खात रातहरू छन्
भिजाएर फतक्क गलाउने
वषर्ातहरू छन्
पाउलिने आशामा
मुनामै ओइलाएका
प्रणयका
आघातहरू छन्
पर्खेर
आँखाहरू
प्रतीक्षाका
जनमार्गहरूमा
भोलि यहीँ झुल्किने
प्रभातहरू छन्,
हिँड्यौँ
बासै नबसी हिँड्यौँ
दिन भनेनौँ
रात पनि भनेनौँ
तर पनि
हाम्रा हृदयमा
चोटिला अवसादहरू छन्
बस ! तिम्रो हृदयको रेगिस्तानमा
अँझै मायाको एउटा जैतुन
फुलाउन मन छ ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *