Skip to content

मुटुलाई जोगाउनु पर्छ

  • by


मुटुलाई जोगाउनु पर्छ काँच हुनबाट
जिन्दगीले गति मुक्ति पाउने छ रुनबाट ।।

फूल अनि बगैँचाको कुन दशा हुन्थ्यो होला ?
सुवासना नआएको राम्रै भयो सुनबाट ।।

भन्नलाई मह मीठो मिश्री मीठो भन्छन् तर
दुनियाँले स्वाद मीठो लिने गर्छन नूनबाट ।।

बर्खा दिन्छ भेलबाढी सागरले ज्वारभाटा !
यो ‘बूँद’ ले राहतको आस गरोस् कुनबाट ?

न्यानो निम्ति घामलाई मात्रै कुरी बस्नु
आगो झिल्को झिक्ने हो कि अब जूनबाट !!

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *