सोधेर नि सपनीमा सुटुक्क कोही आउँछ र ?
मीठो पीडा प्रणयको अनायसै जगाउँछ र ?
घाउ कस्तो अनौठो मुटुभित्र आज पाएँ
अमृतको रस पनि पिएर कोही अघाउँछ र ?
हिँडे होलान् निकै जना सम्साँझ यही बाटो
परिचित झैँ कुनै, पदचापले झस्काउँछ र ?
कहाँ छौ,कस्ता छौ, कुनै खबर छैन तिम्रो
पलपलको सम्झनाले बाडुल्की लगाउँछ र ?
निकै नहुने कुनै प्रेम रोग पो लागेछ कि
ओखति छ कि कुनै, कोही आई बताउँछ र ?