ओठको त्यो मुस्कान देख्दा, घाएल भएँ म त
तिम्रो चोखो प्रीत देख्दा, कायल भएँ म त
जब थियौं प्यासी नयनको मदहोसी त्यो नसामा
त्यही नयनमा तिमीले लुकाएको, गाजल भएँ म त
हेर्यौ जब यता उता टोलाएका ती आखाँले
कहिले नझुकेको नयन झुकाई, सामेल भएँ म त
कति निश्चल कति न्यानो माया रैछ तिम्रो
त्यही मायाले हेर सानु, पागल भएँ म त
कसैको सुःखमा मुटु दुखाई हाँस्न खोज्दा खेरी
आउन सकिन तिम्रै लागि, गयल भएँ म त
दपर्ण
