Skip to content

सुटुक्कै मलाई दिलमा सजाउनु


आँखै आखाँको भा’काले तिमी
चोखो माया मसँग लाउनु
यसै गरी जुनी जुनी
सुटुक्कै मलाई दिलमा सजाउनु ।।१।।

चखेवाले पनि माया गाँस्छ,
कहिले नमेटिने प्रीत लगाउन
खोला पनि धाउनै पर्छ,
आखिर नयाँ दोभान भेटाउन।।२।।

कहिल्यै नछुटने कसम खाई
अब तिमी यसरी आउनु,
यसै गरी जुनी जुनी
सुटुक्कै मलाई दिलमा सजाउनु।।३।।

कोइलीले पनि गीत गाउँछ,
आउने नयाँ याम चिनाउन
भमरा पनि फूलमा घुम्छ,
फूलमा आफ्रनै शोभा बढाउन।।४।।

आउने भए आउनु अब,
मनमा माया बसाई आउनु
यसै गरी जुनी जुनी
सुटुक्कै मलाई दिलमा सजाउनु।।५।।

आँखै आखाँको भाकाले तिमी
चोखो माया मसँग लाउनु
यसै गरी जुनी जुनी
सुटुक्कै मलाई दिलमा सजाउनु ।।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *