Skip to content

तिम्रो जीवन फलोस् फुलोस्


मलाई जति घात गरे नि तिम्रो जीवन फलोस् फुलोस् ।
हर बिहानीको प्रभातसँगै खुशीका सारा किरण झुलोस्

मेरा यी निर्दोष हृदय बिछोडको ज्वालामा दन्किएर
मैनबत्ती सरि जले नि तिमीलाई सधै उज्यालो मिलोस्

जीवनको अन्तिम घडीसम्म यही मेरो कामना छ कि
यति माया पाओस तिमीले मेरा सबै याद भुलोस्

हे ईश्वर अब यो श्यामको केवल एउतै ईच्छा छ
उनको बिहेको जग्गेसँगै मरो लाशको चिता जलोस्

मलाई जति घात गरे नि तिम्रो जीवन फलोस् फुलोस् ।
हर बिहानीको प्रभातसँगै खुशीका सारा किरण झुलोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *