२०६८ साल मार्गशीर्ष २४ शनिबार ।
काठमाडौँ ।
तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०३ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल मार्गशीर्ष २४ गतेका दिन सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता डाजाङको अध्यक्ष बुद्ध योञ्जनले गर्नुभएको थियो भने कार्यक्रम संचालन स्रष्टा एवं पत्रकार सन्चु ब्लोनले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा दर्जनौं स्रष्टाहरूले तामाङ भाषामा गजल, गीत, कविता लगायतका रचनाहरू बाचन गर्न भएको थियो ।
सो कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूको रचना बाचन भएका थिए ।
यसको साथै कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका अध्यक्ष कुमार योञ्जनले ताम्सालिङ को बारेमा घेदुङको अवधारणा प्रस्तुत गर्नु भएको थियो।
प्रत्येक महिनाको अन्तिम शनिबार झैं यस पटकको साहित्यिक कार्यक्रममा पनि स्रष्टाहरूको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।
डाजाङले आगामी कार्यक्रम पौषको अन्तिम शनिवार हुने जानकारी गराएको छ।
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

