आज मुटु चर्किएर रोएँ
तिम्रो माया सर्किएर रोएँ ।
निर्दोष मायामा खोट दिए
तिमी गए तीरै फर्किएर रोएँ ।
एक्लो भए सुमसान औँसी झै
सावन सरी दर्किएर रोएँ ।
मलम तिमी थियौ पीडाकी
छोड्यौ साथ मर्किएर रोएँ ।
नियति हो नरो भने कसैले
उसैसँग झर्किएर रोएँ ।
साथ दिने हात बढाए दयाको
अहंकारले म लर्किएर रोएँ ।
तीर्थ”यात्री”पौडेल