Skip to content

भिक्षाभित्रको रहस्य


सबै जायज हुन्छ भन्थ्यौ, प्रेम, युद्ध इच्छाभित्र ।
नैतिकता लुकेकोछ, भन्थ्यौ मेरो शिक्षाभित्र ।।

हरेक नाता जोडिनुमा, क्यै रहस्य हुन्छ भन्थ्यौ ।
एउटा सार खोज्दैछु म, तिम्ले पा’को दिक्षाभित्र ।।

त्यागपछि प्राप्ति हुन्छ, जीवनको शृंखलामा ।
कैले आउछन् सबै कुरा ? पट्यार प्रतीक्षाभित्र ।।

सम्झौता पो हुनुपर्ने, माग्नैपर्छ तिमीसँग ।
कस्तो मिठास होला कुन्नि ? मगन्तेको भिक्षाभित्र ।।

रचनाकाल : २०६८/०९/०५, अतृप्त मन

Leave a Reply

Your email address will not be published. Required fields are marked *