Skip to content

विश्व सामु अटल नेपाल


देश राम्रो प्यारो लाग्छ, अनि राम्रो गगन पनि ।
देख्दा मलाई ईर्श्या लाग्छ, मनले भन्छ सहन पनि ।

कोहिली गर्छ कुहु कुहु, डाँफे भन्छ नाँच्चु नाँच्चु
सुन्दा मेरो मन रमाउँछ, खुसी हुन्छन नयन पनि ।

काफल गेडी पाक्छन् यहाँ, गुराँस फुल्छ वनभरि
सधैं भरी हाँस्छ हिमाल, आफ्नै बढाउदै मान पनि ।

विभिन्न वर्ण जात जाति, भेषभूषा धेरै थरी
झल्किन्छ विशेषता आ-आफ्नै, देशका यी धन पनि ।

हिंसाको बाटो छाडौं भनी, बुद्धले बाडेर्थे ज्ञान यहाँ
विश्व सामु अटल नेपाल, यसको छुटै सान पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *