Skip to content


चोटै चोटको संसारमा मुटु दुखाएर
केवल मृत्युको पर्खाइमा मेरा
आँखाले खोजेको मुक्ति खै कहाँ छ ?
म सोध्छु कहीँबाट उत्तर आउदैन !
म फेरि कल्पना गर्न बिवश छु
यो संसारबाट आत्मले मुक्ति दिएपछि
म फेरि ज्युउने संसार र यो संकृण सोचाईले
ग्रसित संसारको फरक कति होला ?
एक्कासि सासको गतिले बेग हान्छ
मुटुले बस्ने ठाउँनै अन्तै बाटो मोड्न खोज्छ
अब त ढुंक्क हुन्छु यो रोगी संसार छाड्ने भए ।
तर खै! आजसम्म पनि प्रयास जारी छ ।
बरु म भन्दा त यहि रोगी संसार नै अघि लाग्ने भो,
यसको त कोही छैन बचाउने आफन्त।
पाए लुछाचुडी र गलामा भिरेको साँचो अनि,
पटुकिमा बाँधेको पोको फुकाउन तयार छन् ।
तर मलाई त वरिपरिबाट सेतो कोट लगाएका र
हातमा अक्सिजन बोकी बसेका महान मानव
सासको पहरेदार बनेका छन,
असफल भयो मेरो मृत्यु,
मृत्युपछिको संसार दे सपना
सफल भयो केवल यो रोगी संसारको ।

भरतपुर- १३, गजलकुन्ज, चितवन

4 thoughts on “रोगी संसार”

  1. कुन बहरको गजल हो यो ?
    रामकृष्ण जी यो गजल अलिक नमिलेको हो कि मैले यो नयां बहरको बारेमा पढन नपाएको हो ? गजलकुञ्ज भरतपुरमा आएमा यस्तो बहरहरु सिक्न पाईन्छ त??????

    1. यो रचना ‘गजल’ होइन, ‘गद्य
      यो रचना ‘गजल’ होइन, ‘गद्य कविता’ हो । MAILA KAILA VANNE GAZAL VANA RA यो रचना ‘ ‘गद्य कविता’ हो । THANKS FOR COMMENT

  2. ‘गजल’ होइन, ‘गद्य कविता’ हो
    अतिथिजी,

    बिधा छान्नमा त्रुटी हुन गएको हो । यो रचना ‘गजल’ होइन, ‘गद्य कविता’ हो । सच्याइएको छ ।

  3. यो रचना ‘गजल’ होइन, ‘गद्य
    यो रचना ‘गजल’ होइन, ‘गद्य कविता’ हो । maila gazal vanako 6ina hajur thanks for comment /

Leave a Reply

Your email address will not be published. Required fields are marked *