Skip to content

सपना त नराम्रो देखेँ


सपना त नराम्रो देखेँ, आजभोलि मरिन्छ कि
साइँलीको भट्टीसम्म, तुम्बा तान्न झरिन्छ कि

सृजनशील हातहरू अगाडि बढाई राख्दै जादा
श्वावलम्बी नभयकाले, अर्कैको भर परिन्छ कि

जनमानसको आवाजमा पैसा सबै थोक बनिदिँदा
जागिरको सिलसिलामा, सात समुद्र तरिन्छ कि

नियात्रा को लामो बाटो एक्ल एक्लै हिड्दा खेरी
सँगै हिंड्ने कान्छीसँग प्रेमको बिउ छरिन्छ कि

घरायसी लोभ लालस सबै उतै भुलिदिँदा
घर कि बुढी छाडिकन, पराइ दिलमा सरिन्छ कि

1 thought on “सपना त नराम्रो देखेँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *