Skip to content

माछा बस्ने ठाउँ छैन


माछा बस्ने ठाउँ छैन पुरिसक्यो कुर हजुर
हाम्रा घर घाइते भए चर्किएर सुर हजुर ।

चक्काजाम नेपाल बन्द टायर बल्यो सडकमा,
नेता भा’पो गाडी पाउनु, हाम्रा फुटे खुर हजुर ।

आन्दोलन छ जताततै, शान्ति छैन कतै पनि,
पानी हाल्ने कोही छैनन, बाल्छन मुढा-थुर हजुर ।

देश टुक्रा टुक्रा पारी रजाइँ गर्ने स्वार्थ सबको,
भाग खोज्छन कोही बिघा कट्ठा अनि धुर हजुर ।

उक्साउने छन् सबै यहाँ केवल दुनो सोझो पार्न,
आफू अनि अरु देखाई सामिप्य र दुर हजुर ।

साबधान हुनु राम्रो हुन्छ चिनी सबै हुँडारहरू,
बेचिँदै छन् यहाँ हाम्रा ग्राम अनि पुर हजुर ।

1 thought on “माछा बस्ने ठाउँ छैन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *