Skip to content


तेरो बाउ रक्स्याहा थियो र बेहोशमा बलत्कार गर्यो
तर थाहा छैन त्यो को हो र कहाँ छ ?
तेरो आमा सडकमा बाँच्थी र सायद मरी होली
तँलाई मोहोर दिदैँ म भन्छु
जा तेरो बाउ कहाँ छ, खोज समात र कारवाही गर् !
१.

तेरो वेश्या आमाहरू बेपत्ता छन् बस्तीहरूमा
तर थाहा छैन त्यो को हो र कहाँ छे
तेरो बाउ ब्यभिचारी थियो, सायद बाँच्दै छ
तँलाई मोहोर दिदैँ म भन्छु
जा तेरो बाउ-आमालाई खोज समात् र कारवाही गर
२.

तेरो बाउ गरीब तेरो आमा गरीब
तिनीहरूको सबै थोक सडक थियो
समय नहुदै बाउ आमा मरे र त छस् जिउँदो
तँलाई मोहोर दिदैँ म भन्छु
जा सामन्ती साहुलाई खोज समात र कारवाही गर्
३.

तेरो बाउ मर्यो तेरो आमा मरी
तेरो सम्पति खाए आफन्तले
उसको छोरो भात खान्छ तेरो थालमा, त छस् भोको
तँलाई मोहोर दिदैँ म भन्छु
जा तेरो काका कहाँ छ, खोज समात र कारवाही गर्
४.

तेरो साथीको खुट्टाहरू कसले काट्यो
थाहा छैन हात कस्ले फाल्यो आँखा कस्ले फोर्यो
त्यो सायद भट्टीहरूमा घुम्दै होलान्
तँलाई मोहोर दिदैँ म भन्छु
जा भिख तस्करहरूलाई, खोज समात र कारवाही गर्

अच्यूतप्रसाद सिलवाल
पिप्ले ४ चितवन
हाल कीर्तिपुर

3 thoughts on “मेरो अर्ती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *