Skip to content

जनतालाई भोकैराखी आफ्नैं पेट भर्छन् नेता


गाउँतिरको बसाइ छोडी सहरतिर सर्छन् नेता
जनतालाई भोकै राखी आफ्नै पेट भर्छन् नेता

भोट खाईमन्त्री बन्छन् फर्किंदैनन् गाउँमा कोही
गाउँको बिकास गर्छौं भन्दै भ्रम मात्र छर्छन् नेता

सम्झिदैनन् भोट माग्दा गरेका बाचाहरू
केही कुरा भन्यो भने उल्टै आखा तर्छन् नेता

भाषण गर्छन् एक थरी काम गर्छन् अर्कै
सधैंभरि मन्चबाट झुट्टा कुरा गर्छन् नेता

बिदेशीको हस्तक्षेप बढिरहेछ दिनदिनै
राष्ट्रियताको अडानबाट सधै तल झर्छन् नेता

भारतको इशारामा चलाउछन् सत्ता सधैं
पदको निम्ति उसैको शरणमा पर्छन् नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *