Skip to content


त्यो देशको मान्छेले
बिचार राख्दा,
बिचार लिदा,
विचारमा हिँड्दा,
बिचारका कुरा किन्दा, बेच्दा,
उसले स्वतन्त्रता पाउँछ,
हो त्यो हो लोकतन्त्र ।

मान्छेलाई मान्छेको रुपमा गनिन्छ,
मान्छेलाई उचनिचबाट टाढा राखिन्छ,
मान्छेलाई मन्दिरमा रोकिन्दैन,
मान्छेलाई पानी पधेरोमा रोकिन्दैन,
मान्छेलाई पौवापाटी र स्कुलहरूमा रोकिन्दैन,
मान्छेलाई बर्नमा हेरिन्दैन,
मान्छेले मान्छेलाई पुजिँदैन,
मान्छेले मान्छेलाई दास बनाइदैन,
मान्छेले आफ्नो कुलदेवको पूजा गर्छ,
जहाँ त्यस्तो सभ्य समाज छ,
हो, त्यो हो लोकतन्त्र ।

जहाँ सानाको कुरा सुनिन्छ,
जहाँ ठुलाको आदर हुन्छ,
जहाँ सबैले देश बुज्ने मौका पाउँछन्,
जहाँ देश बिकासमा समानताको शिप पाउँछ,
जहाँ बर्गीयतामा बिभेद हुँदैन,
जहाँ असहायहरूले सहायता पाउँछन्,
जहाँ त्यस्तो सुन्दर समाज छ,
हो, त्यो हो लोकतन्त्र ।

त्यो ठाउँमा भाषण होइन धेरै काम गरिन्छ,
त्यो ठाउँमा आदर्शतालाई भन्दा कामको मन्यता छ,
त्यो ठाउँमा वास्तविक श्रमको मुल्य पाईन्छ,
त्यो ठाउँमा जोत्नेको जमिन हुन्छ,
त्यो ठाउँमा किसानले फलको मुल्य पाउँछ,
त्यो ठाउँमा आफ्नै मुलुकमा पराय बनेर बस्नु पर्दैन,
त्यो ठाउँमा त्यस्तो प्रबुद्ध समाज छ,
हो त्यो हो लोकतन्त्र ।
हो त्यो हो लोकतन्त्र
जहाँ सम्बृद्ध राष्ट्र छ ।

-सुजन सेलिङ “लुङमाहिम साँहिला “

Leave a Reply

Your email address will not be published. Required fields are marked *