Skip to content


१) प्रध्यापक
किताबी ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफूले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।

२) ब्यापारी
यताको उता
उताको माल यता झारी
बस्तुहरूको शङ्कट पारी
ग्रहाकहरूलाई थलापारी
आफ्नो दुलो भर्ने
धान खेतको मुसो ।

३)अस्पताल
सरकारी सबै
गोठशाला
निजि सबै
नोटशाला ।

४)मन्दिर
नोटबहादुरलाई माला
कोटबहादुरलाई टिकाटाला
लोकबहादुरलाई ताला ।

५) बिद्यालय
सरकारीमा हेर्दा
पक्ष छैन
नीजिमा हेर्दा
प्रतिपक्ष छैन
सरकारीको कुनै
लक्ष्य छैन
नीजिमा पढाउन
सबैको गक्ष छैन ।

६) नगरपालिका
न गर्छ केही
न पाल्छ केही
गर्नु नहुने काम
थाल्छ यही
टायर मुढा
बाल्छ यही
पर्खाल रेलिङ्ग
ढाल्छ यही
सभ्यताको शहरमा
सडकभरि फोहर
फाल्छ यही ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *