Skip to content


फेसबुक (१)
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि
“सुखी रहनु सधैं” मले फेसबुकमा लेखे ।

फेसबुक (२)
फोहरको ढल होइन फेसबुक
बिग्रिएको कल होइन फेसबुक
लोभ लाग्दो बिहानको झुल्के घाम हो
जाल, झेल, छल होइन फेसबुक ।

फेसबुक (३)
तेल पेलाउन यहाँ भट्मास होइन तोरी हुनसक्छ
देश खाडल पार्न मा मुख्य हात घुस खोरी हुनसक्छ
अब हौसेर आफ्नो रचना नपस्के पनि भयो
होसियार तपाईंको सिर्जना फेसबुकबाट चोरी हुन सक्छ ।

फेसबुक (४)
नचाहेर पनि फेसबुक अनुहारभरि खत र टाटो नहोस्
नचाहेर पनि फेसबुक इर्ष्या अनि असन्तुष्टिको पाटो नहोस्
कोही तपाईंको गतिबिधिलाई सङ्कलन त गरिरहेको छैन
नचाहेर पनि फेसबुक सुमधुर सम्बन्धको फाटो नहोस् ।

फेसबुक (५)
मनभित्रका समस्त बिचार समेटेको मिठो बात हो फेसबुक
सधैं हिँडिरहुँ जस्तो मायालु जुनेली रात हो फेसबुक
तर देखेर पनि नदेखेको अभिनय गर्नेहरूको लाम देख्दा
हिच्किचाएर नि भन्न कर लाग्छ अभिमानको खात हो फेसबुक ।

फेसबुक (६)
समाचार निकै ताजा थियो
मलाई प्रसंशा ज्यादा थियो
ल्याप्टप खोली सुतेँ रात भर
फेसबुक मात्र खुला थियो ।

अस्तु:

बिबेक दुलाल छेत्री “दमक”
वास्तविक नाम: भानु भक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यु ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *