Skip to content

मेरो एउटा कथा सुन


मेरो एउटा कथा सुन पिरतीको मुल थियो
त्यही मुलमा पानी पिउनु मेरो ठुलो भुल थियो

उनको तस्बिर हेर्दा लाग्थ्यो चमेलीको फूल थियो
दौडिँदै गएँ उनीलाई हेर्न त्यहाँ सानो तुल थियो

उनलाई सामुन्ने पाए सोचेँ राम्रो कुल थियो
दैबले बनाएको माया जोडने पुल थियो

बिलाउँदै गएको उनको मुहार लाग्थ्यो पहेँलो सुन थियो
मलाई माया लगाई जाने चिनिन मैले कुन थियो

अनयासै बिउझिँए बाहिर हेर्दा झलमल्ल लागेको जुन थियो
सपनीमा कसैले लगाएको मायाको चोखो गुण थियो

मेरो एउठा कथा सुन पिरतीको मुल थियो
त्यही मुलमा पानी पिउनु मेरो ठुलो भुल थियो

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *