Skip to content


हाँसे कै छु
नाँचे कै छु
मन भित्र पीडाहरू लिएर
बाँचे कै छु

जादैछु म पनि नआउने गरी
तिमी भन्दा म चाडो गरी
देखेनौ मेरो मनलाई
बुझेनौ मेरो भावनालाई

तिम्रै नाउँको माला लगाएकै थिए
जिन्दगीलाई दाउमा राखेकै थिए
आफ्नो संसारलाई छाडेर
तिमीमा समार्प्रित भएकै थिए

भएको सबै खोसी सक्यौ
तिमीले सबै लुटी सक्यौ
दैबले बोलाई रहेछ
आँखा मेरो टोलाई रहेछ

मेरो आधा स्वास पनि तिमीलाई
तिमी नाँच अनी तिमी हाँस
मेरो अन्तिम क्षण पनि तिमीलाई
म भन्दा तिमी अझैधेरै बाँच ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *