Skip to content

आँसु हाँसो मिलन बिछोड

  • by


आँसु हाँसो मिलन बिछोड जिन्दगीको रीत रै छ
माया प्रेम छरी जाने बिहानीको शीत रै छ ।

मन भएर के गर्नु खै धनकै ठुलो चर्चा यहाँ
साँचो मुटु दिनेभन्दा किन्नेको नै जीत रै छ ।

हुनेले त मेटाउलान जवानीको भोक तिर्खा
नहुनेलाई रंगमञ्चमै नचाउने धीत रै छ ।

कतिन्जेल टिक्ला र खै जालझेलको खेल यहाँ
योभन्दा त मदिरामै डुब्नु ठुलो हित रै छ ।

संसार सारा भुलाउने शराबको नशा बरू
सुरबिनाको संगीत तालमा रमाउने गीत रै छ ।

भरतपुर- १३
गजलकुन्ज चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *