तिमी खुशी हुन्छौ सधै मिठो गीत गाउँदा
अनि खुशी हुन्छौ अरे नौलो जोडी पाउँदा
सिरैमा शिरबन्दी नाकैमा झम्के बुलाकी
सारै राम्री देखिन्छौ चौबन्दी चोली लाउँदा
तिर्खाएको प्यास् बुझाउन सुस्तरी सुस्तरी
भागी दिन्छौ टाढा माया बनी छेउ आउँदा
हिजो आज खोई किन तर्की तर्की हिड्छौ
तृष्णा तिम्रो सबै मेट्न नशा बनि छाउँदा
देउरालीमा खाको कसम सबै तोडी गयौ
मनको ढोका खोलि जब मेरो ठानी धाउँदा
अतित सुब्बा
झापा,