Skip to content

विदेशको ठाँउ कसरी रमाउँ

  • by


विदेशको ठाँउ कसरी रमाउँ के गरी चल्ने हो
स्वदेशमा जस्तो सन्तुष्टि सुख कसरी पाउने हो

खप्नु त छ नै विदेशको पीडा सैकडौं हजार
सम्झेर बस्छौं बाध्यता खपी स्वर्ग देश नेपाल
हिमाल नदी पहरा झर्ना क्या सुन्दर विशाल
कसरी देखाउँ यस्तो छ हाम्रो भनेर नेपाल

एउटाको चुलोमा पाकेको खाना बाँडेर खाइन्छ
कसैको घरमा लागेको बेथा सबैले सहिन्छ
यो मनका धनी छँदैछौं हामी हृदय विशाल
के गरी बुझाउँ यस्तो छ स्वर्ग भनेर नेपाल

शब्दाञ्जली बर्ष १ अंक १

Leave a Reply

Your email address will not be published. Required fields are marked *