Skip to content


मानिस सफलताको बिन्दुमा पुग्छ
त्यहाँबाट घमण्ड देखाऊनु हुदैन
मानिस जीवनमा केही न केही प्राप्त गरिरहन्छ
प्राप्तिमै संसार भुल्नु हुदैन

मानिस जन्म थलो छोडेर परदेश जान्छ
परदेश पुगेर आमालाई बिर्सनु हुदैन
मानिसले साथी छोडेर जीवनसाथी पाऊछ
जीवनसाथी पाऊदैमा साथी भुल्नु हुदैन

मानिसले जे जे गर्न सके पनि मृत्यु रोक्न सक्दैन
कुनै पनि कार्य गर्दा मृत्यु भुल्नु हुदैन
मानिसले मर्नु छ एक दिन जब सम्झन्छ
दुई दिन बाँच्दा हाँसी-हाँसी खुसीसाथ बाँच्न सक्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *