Skip to content


मेरो मनको मझेरीमा बास हजुरको
बाचुन्जेल लाग्छ मलाई आस हजुरको

सायद मैले हृदयको माया पाउने थिएँ
बहानाले पुग्न पाए पास हजुरको

पहिलो नजर हेर्दै नयन अडिएका थिए
आनीबानी मन पर्‍यो खास हजुरको

साथ पाउने भएदेखि सबै गर्न तयार
जिन्दगी भर बन्न राजी दास हजुरको

सधैँभरि मेरै काखमा मेरै काखमा भई
मेरै घरमा जाओस् अन्तिम सास हजुरको

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *