(१) बाँचेको छु
भन्छौ तिमी सधैं मुटु टुक्राएर बाँचेको छु
नबोलेरै मैले यहाँ हजार ठाउँ भाँचेको छु
कल्पनामा बहकिने शब्द जस्तो हुन्न जीवन
जिउँदो लासमा उनकै निम्ति हेर निस्वास साँचेको छु
(२) मर्नु नपरोस्
उनको आँशु पुछ्दै हातले मर्नु नपरोस्
दुखै प्यारो स्वर्ग तिर सर्नु नपरोस्
नजन्मेकै भए हुन्थ्यो संसार मोह देख्नु भन्दा
रुवाइ सबलाई बैतर्नी त्यो तर्नु नपरोस्
