ओठ मेरो निलो हुदाँ न्यानो तातो घाम देऊ
पाखुरीमा दम छ अझै गर्नलाई काम देऊ
आफ्नो देश आफ्नो भेष सबै भन्दा प्यारो लाग्छ
कहीँ कतै पुगेँ भने नेपालीकै नाम देऊ
एक पेट एक आँङ खाईलाई बाँच्न सकुँ
सिस्नो पानी, चिसो पानी भाको मेरै गाम देऊ
काशी-गंगा, बुद्ध-गया जाने गर्छन् मान्छेहरू
जान्न कतै, सक्छौ भने नेपालकै धाम देऊ
गरेदेखि मानो रोपी मुरी फल्छ यै माटोमा
देखाउँछु तिमी हेर मात्र यहाँ ठाम देऊ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं