सङ्क्रमणकाल
ks — Sat, 01/14/2012 - 21:08
सङ्क्रमणकाल यस्तो सन्धिक्षण हो जसमा नयाँ आउने परिवर्तनको आशा हुन्छ र पुरानो व्यवस्था अन्त्यको पर्खाइमा हुन्छ । यो प्रसव पीडाजस्तो हो जसमा केही नयाँ कुरा प्राप्तिको आशाका साथै पीडा पनि हुन्छ । नयाँ कुरा प्राप्तिको कल्पनाले मन पुलकित हुनु यसको एउटा पाटो हो भने. पुरानो व्यवस्था फाल्दाको अप्ठेरो परिस्थिति अर्को पाटो हो । यो एक किसिमको द्वन्द हो जुन सङ्क्रमणकालग्रस्त हरेकले भोगिरहेको छ ।
समाज र राजनैतिक पद्धति परिवर्तनका हरेक मोडमा हामीले सङ्क्रमणकालका विभिन्न चरणहरूमा अप्ठेरा परिस्थितिहरूको सामना गरिसकेका छौँ । अझ भन्नुपर्दा सङ्क्रमणकालीन व्यक्ति नयाँ प्राप्तिका लागि आफ्ना सबै रहर र आकांक्षाहरूको बलिदान गर्ने महान् व्यक्तित्व हो जसले सकी नसकी नयाँ पुस्ताको सुख र समुन्नतिका लागि जीवन अर्पण गर्दछ ।
सङ्क्रमणकाल समाज र राष्ट्र रुपान्तरणको कोसेढुङ्गा पनि हो । समयको परिवर्तनले जनतामा ल्याएको चेतना र तत्सम्बन्धित आचरणले साना ठुला सङ्क्रमणकालहरूको सृजना र विघटन गरिरहेको हुन्छ । यसका निर्धारकहरूमा चेतना प्रमुख हो । सञ्चारको क्रान्तिबाट जब जनजीवनको चेतनाको क्षितिजले सबै राष्ट्रिय सीमा नाघेर भूमण्डलीकृत हुन्छ, तब त्यसले संसारका विभिन्न रहनसहन बुझ्छ । सही र गलतको पहिचान गर्न सक्दछ, विकासप्रतिको तृष्णा बढ्छ र मानिसहरूले आफ्नो व्यवहार र आचरणमा परिवर्तन ल्याई जीनवयापनमा गुणात्मक प्रगति ल्याउन चाहन्छ, तब नयाँ र पुरानो सोच, व्यवहार र मानसिकताको द्वन्द चर्किन्छ, नयाँ पुस्ता र पुरानो पुस्ताको बीचमा रिक्तता पैदा हुन जान्छ र समकालीन पुस्ताहरू सङ्क्रमणबाट ग्रस्त हुन्छन् ।
सङ्क्रमणकाल राजनीतिमा मात्र होइन, व्यक्ति, परिवार, समाज र राष्ट्रको जीवनमा पनि देखा पर्छ । व्यक्ति, परिवार, समाज र राष्ट्रको जीवनमा देखिने यस्तो संक्रमणले हाम्रो जस्तो विकासोन्मुख देशको व्यक्तिगत, पारिवारिक र राष्ट्रिय संरचना नै उथलपुथल पार्न सक्छ । पुरानो मान्यता भताभुङ्ग हुन सक्छ यद्यपि पुराना मानिसहरू यसका बाधक भएर देखा पर्दछन् । पारिवारिक संरचना र सामाजिक मूल्यमा आएका परिवर्तनहरू कतिपय अवस्थामा अप्रिय र अनपेक्षित लाग्न सक्छन् । नेपाली परिवार र समाजकै उदाहरण लिने हो भने यहाँ परिवारहरू विखण्डन र विभाजनको पीडा खेप्न बाध्य भएका छन् । आजको नेपाली सङ्क्रमित परिवारका छोरा बुहारीहरू बूढा आमा बुवाको सेवा र स्याहार गरेर, घरमै ‘जे जस्तो भएको खाएर’ बस्दैनन् । पढेका बुहारीहरू रोजगारीमा हुन्छन् । रोजगारी नभएता पनि रोजगारीको खोजीमा अलग्ग एकल परिवारमा बस्न रुचाउँछन् । त्यसैले अहिलेका पुराना पुस्ताका आमा बुबाहरू एक्लोपनका सिकार भई असहाय भइरहेको देख्न पाइन्छन् । अहिलेका सासूहरू परम्परागत ‘सासू’ हुन पाएका छैनन् । आज पनि सबै काम भ्याएर बुहारीको जीवन बाँचिरहेका छन् । अहिलेका छोरा-बुहारीहरू उनीहरूका छोरा छोरीको उज्वल र सम्पन्न भविष्यका लागि कुनै खाडी राष्ट्रमा निकृष्ट स्तरको जीवन बाँचेर सङ्घर्ष गर्दैछन् कि त युरोप-अमेरिकामा मेसिन झैँ खटिरहेका छन् । त्यसो पनि नभएमा रोजगारी र सुखका नाममा अलग्ग रहेका छन् ।
पुरानो पुस्ता मात्रै नभएर आजको सिङ्गो युवापुस्ता पनि यसबाट अछुतो रहेको छैन । पलपल वञ्चितताको अनुभूतिबाट उदास रहने गरेको यो पुस्ता अशिक्षित र रुढीग्रस्त समयमा जन्मेको हो । वर्तमानको युवापुस्ता झोपडीमा जन्मियो, अभावमा बढ्यो र दुःखले पढ्यो । पढाइ बाहेकको समयमा गाई-वस्तुको स्याहार, जङ्गलसँगको प्रगाढ नातामा हुर्किएको यो पुस्ता वर्तमानको सहरीकरण र नयाँपुस्ताको आशा-आकांक्षा परिपूर्ति गर्न नौलो तरिकाको सङ्घर्ष गर्न बाध्य भएको छ । नयाँ नयाँ परिदृश्यमा सुहाउँदो प्रतिक्रिया जनाउन यो पुस्ता कहिलेकाहीँ चुक्छ । यसरी नयाँ पुस्ताको माग पूरा गर्न यो समय धौ धौ परेको स्थिति देखिन्छ ।
अहिलेका युवतीहरू पनि यो पीडा र द्वन्दबाट अलग रहेका छैनन् । आत्मनिर्भरताको ठुलो चुनौती स्वीकार्ने क्रममा उनीहरू जोखिमयुक्त काम गर्न पछि परेका छैनन् । महिलाले उनीहरूको ठोस् लक्ष्य नचिन्दा र कार्यविधि नजान्दा कति बेचिएका छन् भने कति पथभ्रष्ट भएर थप पीडा भोग्न बाध्य छन् । कयौँको जीवन बर्वाद भएको छ । यथोचित शैक्षिक स्तर, सामाजिक सुरक्षा र रोजगारीको व्यवस्था नभइसकेको यो अवस्था र अधिकार र स्वतन्त्रताको लागि लडाइँ चलेको यो सङ्क्रमणकालमा केहीको जीवनमा प्रगतिको सुनौलो बिहानी उदाए पनि अधिकांशको जीवनमा अन्धकार छाएको छ ।
राज्यको भूमिका यस क्षेत्रमा प्रमुख हुन्छ । राज्य बेकम्मा भएमा नागरिकले धेरै पीडा पाउने निश्चित छ । यदि राज्यले शिक्षा र रोजगारीको राम्रो बन्दोबस्त गरिदिने हो भने यो कालबाट खेप्नु पर्ने पीडा सहज भएर जान्छ । किनभने राज्यले गुणस्तरीय शिक्षा र योग्यता अनुसारको रोजगारीको व्यवस्था गरेको खण्डमा नागरिकले रोजगारी र गुणस्तरीय शिक्षाको लागि भौँतारिनु पर्ने अवस्था आउने छैन । जसले हाम्रा पारिवारिक र सामाजिक द्वन्द र पीडा न्यूनीकरण गराउन सक्छ ।
समय परिवर्तनको झापडले रन्थनिएका आजका सम्पूर्ण पुस्ताहरूले बाँच्नका लागि नयाँ छेउबाट अभ्यासमा जुटेको देखिन्छ । किनभने भूमण्डलीकृत भइरहेको यो नयाँ परिदृश्यमा संक्रमित व्यक्ति, परिवार, समाज र राष्ट्रको जीवनको नयाँ अभ्यास प्रारम्भ भइसकेको छ । समाजशास्त्रका विद्यार्थीहरूका लागि यो सङ्क्रमणकाल एक महत्वपूर्ण कालखण्ड हो । केही द्वन्द, केही आशा र केही निराशाको सङ्गम यो कालखण्ड साँच्चिकै विश्लेषणयोग्य छ भन्दा अत्युक्ति नहोला । व्यक्ति, परिवार तथा समाजले यसप्रति गरेको प्रतिक्रिया आदि कुराले पनि यसको प्रभावकारिता निर्धारण गर्ने हुँदा यसको सूक्ष्म अध्ययनले योे भोलि कुन रुपमा विकसित हुन्छ र नयाँ नयाँ प्रविधिसँग यो परिवर्तनलाई जोडेर अध्ययन गर्दा भोलिका दिनमा समाज परिवर्तनको कस्तो रुप आउला भन्ने कुरा थाहा हुन सक्छ । जसले यही पुस्ता र आउने पुस्तालाई मार्गनिर्देशन गर्न पर्याप्त हुनेछ ।
नयाँ परिवर्तनलाई स्वागत गर्न हर कोही चाहन्छ । परिवर्तनलाई आत्मसात गरेर नै कुनै राष्ट्रले अग्रगति र प्रगति हासिल गर्न सक्छ । तर यसो भन्दैमा हाम्रो मौलिक परम्परागत मूल्य र मान्यतालाई भत्काएर, क्षतविक्षत पार्नु पनि अनुचित हुने कुरा यहाँ प्रासङ्गिक हुनेछ । हाम्रा अग्रजहरू जसले हरेक अप्ठेरा कालखण्डहरू पार गरेर आज हामीलाई चमत्कारपूर्ण दिनसम्म ल्याइपु¥याए, जसले.हरेक साना ठुला परिवर्तनलाई सहजै स्वीकारी अग्रगमनलाई स्थापित गर्न सहयोग गरे, ती अग्रजहरूलाई असहाय अनुभूत गराउनु हाम्रा लागि अनुचित हो । संसार अग्रगमन र प्रगतितर्फ लम्केको बेला कट्टर परम्परावादी बन्नु पनि अनुचित हुन्छ । त्यसैले. हामीले पुराना धरोहरहरूको संरक्षण गर्दै अघि बढ्नु पर्ने हुन्छ । कतै यो सङ्क्रमणकालले, यो परिवर्तनले हाम्रो परम्परागत पारिवारिक र सामाजिक संरचनाको आधारशिला नै तहसनहस नपारोस् - यतातिर पनि ध्यान दिँदै नयाँको स्वागत गर्नु यहाँ उत्तम हुनेछ भनी अभिमत दिन सकिन्छ ।
इन्द्रपुर-८, मोरङ
- 1568 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 min 2 sec ago - Reply to comment | मझेरी डट कम
1 min 10 sec ago - Reply to comment | मझेरी डट कम
1 min 30 sec ago - Reply to comment | मझेरी डट कम
1 min 36 sec ago - Reply to comment | मझेरी डट कम
1 min 42 sec ago - Reply to comment | मझेरी डट कम
1 min 50 sec ago - Reply to comment | मझेरी डट कम
2 min 25 sec ago - Reply to comment | मझेरी डट कम
2 min 34 sec ago - Reply to comment | मझेरी डट कम
2 min 42 sec ago - Reply to comment | मझेरी डट कम
2 min 49 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- कति दिन चल्ने हो बाससँगको लडाईँ
- सज्जन एक
- दुई मुक्तक (तीज विशेष)
- एकान्तमा तिम्रो साथमा रमाएको याद आयो
- आँखै अगाडी विलाएको दशैँ...
- सागर र किनारको साथ
- जिउनुको रहर मर्दैछ मेरो
- रुदिना र शिव प्रधान
- झरेर फुलेको छहराको पानी
- नारी दिवस
- आइलेमु (शेर्पा भाषाको गीत)
- अँध्यारोमा जुनकिरी
- शहीदहरुको सम्झनामा
- सात मुक्तकहरू
- नलडाऊ चितामाथि मर्नै बाँकी छ
- गौंथलीको चिरबिर (१)
- किन फेरि एक्लै रमाउन खोज्छौ
- म तिम्रो काम आएँ
- तीन मुक्तक (दिन ढलेपछि)
- अर्थ
- प्रथम अनेसास च्याप्टर सम्मेलन एवं विश्व काव्य गोष्ठी २०१६
- आजभोलि पिउनेहरू
- राष्ट्रगान र राजनीति
- मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
- अपरिचित जँड्याहा र भाषण अनि हामी
- मान्छेको मोल
- नेपाली साहित्यिक गतिविधिको सङ्क्षिप्त विवेचना
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
- जताततै फोहोरमैलो दुर्गन्ध धेरै फ्यालफ्याल देखियो (गजल)
- कवि कै रूपमा सक्रिय उहाँ
Post new comment