Skip to content

त्यो नयाँ गोरेटोमा

  • by


एकातिर मुस्तांग हिमाल अर्कोतिर डामोदर हिमालको काखमा एक अत्यन्त सुन्दर गाउँ अबस्थित छ। बिकट गाउँ भए पनि प्राकृतिक रुपमा अत्यन्त धनी छ मार्फा। नेपाली साहित्यका महान सृष्टा भूपी शेरचनको जन्मस्थान मार्फा आफैमा सृजनशील छ। आदणीय र गरिमामय छ। माथि माथि बुकी फलेको रानीबन। तल बग्ने मुस्तांग खोला। बिचमा फराकिलो गाउँ। ती नाँगा पहाडहरू खोपेर बनेका बिसाल बिसाल बुद्धका गुफाहरू मानौँ चमेरा लुक्ने ओडार जस्तादेखिन्छन। याक चौँरी अर्ना भेँडाको बथान चरिरहेका। अर्कोतिर डाँफे न्याउली र अनगिन्ती चराहरू भएको। फापरको फुलैफुलदेखिने। संसार प्रशिद्ध स्वादिष्ट स्याउ पाइने अत्यन्त रमणीय देखिन्छ। दामोदर कुन्डदेखि नजिकै पवित्र स्थल गुसाँइकुन्डको मन्दिर। लुकेको स्वर्ग झैँदेखिने ती कागबेनीको अग्ला होचा लेकहरू। कागवेनी खोलाको किनारै किनारा भेँडी गोठालाहरू मिठो गीत गाउँदै हिडेका हुलहरू।

जोमसोमबाट मुक्तिनाथ जाने यात्रीहरू अनुपम आनन्द बटुल्दै हिमाली हावाको चर्को धम्क्का खाँदै उक्लिरहेका छन। मार्फाको पल्लोपट्टि सानो गाउँ देखियो। अलि परतिर अर्को गाउँ बिभिन्न स्थालनमा भगवान बुद्धका स्तुपहरू भएकोमुजा पंगगाले सजिएको एक पवित्र देउस्थल। चिसो मनै मोहित पार्ने पोसिलो र जीवनदायिनी पानी बगिरहेको छ। ठाउ ठाउमा झर्नाले समधुर धून गुन्जाइरहेका छन। अलि तल फाटमा बगीरहेछ छ गन्डकीको मुहान बन्दै। मित्र राष्ट्र चिनको स्वाशासित तिव्वतसँग जोडिएको आफनै मौलिक इतिहास र गरिमा बोकोको मुस्तांग जिल्ला आफैमा अति सौन्दर्यशील र मनमोहक छ। हिमालको आँचलमा बिहानीको घाम पोतिदा कस्तो सुन्दर देखिन्छ। स्वर्गहरूमा पनि स्वर्ग जस्तै लाग्छ।

बाताबरण उत्सक र रमणीय छ। रुखहरूमा भर्खर पालवा लाग्न थालेको छ। बुकी फुलिरहेको छ। भमरा अनि मौरीहरू भुनभुनाउदै उडिरहेका छन।

मार्फाको छेउमा एउटा पुरानो राजाको भग्नाअवेष दरबार छ। त्यही छेउमा एउटा सल्लाको पुरानो रुख छ। अनि माथि नाँगा भैसकेका पखेरी छन। कतै उदास कतै मनोरम लाग्ने। सल्लाको छायामा बसेर कता कता मन छुने गरी बाँसुरीको दिब्य धून गुन्जीरहेको छ। तलतिर खोलाको खोलाको गुन्जन अनि चौतारीमा बाँसुरीको सुसेलीले कतै भित्री मन छोएको जस्तो भान पर्छ। मानौ कसैको हृदय त्यही बाँसुरी भएर बाहिर आएको छ।

रुखको आड लागेर एउटा तन्नेरी बसेकोदेखियो। उन्को हातका औलाहरू बाँसुरीमाथि छमछम नाचिरहेका छन। एक्लै त्यो सुनसान बाताबरणमा प्रकृतिको सोरुम्मे काखमा बसीरहेको छन। एताउता गर्दै फेरि बाँसरी बजाउछन। एक्लै एक्लै …… !

साहै मिठो धून सुनेर तीनतिरबाट ३ जना पनि त्यतै लाग्छन। जिउमा बाक्ला लुगा लगाए पनि चिसो हावा उस्तै ताजा झोक्कासहित उडिरहेको छ। बसन्त प्रकाश जमुना मान बहादुर र दृष्टिले वरिपरिबाट घेरा हाले। बाँसुरीको धून सुन्दा सुन्दै नजिक पुगेर टक्क अडिन्छन। आफूतिर मान्छेहरू आएको देखेर बाँसुरी रोकेर आवाज आएतर्फ फर्कन्छन। धन्य तिम्रो बाँसुरीको धूनले तिमीतिर आउने बाध्य पार्यो। हामी सबैलाई डोर्यायो तिमीतिर। कस्तो मिठो धन। कस्तो जादु छ तिम्रो बाँसुरीमा। कस्तो माधुर्य छ धूनमा। कस्तो मोहनी छ लयमा। तिमी को हौ तिम्रो नाम के हो?”प्रकाशले सोधे।

सबै त्यही चौतारीमा बस्छन र एक अर्कोलाई बस्न सघाउँछन।

धन्यबाद तपाईहरूको प्रशंसाको लागि तर म त्यो प्रशंशाको भागी छैन। म सानैमा हेर्ने दृष्टि गुमाइ सकेको छु। म देख्दिन तर थाहा पाउन सक्छु। आवाजको साहारामा गन्धको साहारामा संकेतको साहारामा अनि अनभूतिको साहारामा। मेरो नाक कुकुरको जस्तो भएको छ थाहा पाउनलाई। हा हा हा ……माफ गर्न होला म आफूलाई देख्न सक्दैन। मैले आफैलाई ठटा गरेको हुँ मेरो नाम अर्जुन हो।” छामछामछमछम गर्दै उनीहरूतिर फर्कदै बस्छिन। हो भगवान त्यति निष्ठुरी छैनन। …। सबैलाई सुन्दरता दिएकै छन। बसन्तले भने।

मेरो नाम दृष्टि हो म सानैदेखि कुपोशणको कारण अन्धी भए। अनि मलाई गाउँघरमा कतै जान दिएनन। हिन्नलाई न बाटो छ। न त कनै बिशेष साधन। कसरी म घुम्न जाने। मैले घर छोडेर हिने पछि म जस्ता धेरै साथीहरू भ्ोटे र आज तिमीलाई पनि नत्र पहिले त म मात्रै रहेछु अपांग भनेर पिर लाग्थ्यो।

हामी यहा पाँच जना आएका छौ। म बसन्त हुँ शारीरिक अपांग म हिन्न सक्दैन। उनी प्रकाश हुन उन्को एउटा खुटटा काटीएको छ। घाँस काटदा रुखबाट लोटे पछि एउटा खुटटा काटनु पर्यो।

उनी जमुना हुन सुस्तमनस्थिति छन। यिनी कल्पना हुन। उनले बोल्न र सुन्न सक्दैनिन। उनी होचापुट्काको छिन। दॄष्टि तिमी जस्तै आँख देख्दीनन।” बसन्तले परिचय गराए।

वास्तवमा शरीरको एक अंग कम्जोर हनासाथ त्यस्को काम अरुले समाल्ने क्षमताको बिकास हुन्छ। भगवानले अर्को विशेष शक्ति दिएका हुन्छन। विशेष खुवी दिएका हुन्छन। इस्ताले केही गर्न सक्दैनन भनेर मान्छेले भदौमा भिजेको काठ फाले झैँ फालि दिन्छन। तर त्यही काठ पुष माघमा सुकेर दाउरा बाल्न काम लाग्छ र न्यानो पार्छ भनेर सोच्दैनन। मान्छेले मान्छेलाई देख्दैनन। तर तिमीले सुंगेर पनि थाहा पायौ। हामी यती टाढा पुग्दा नपुग्दै तिमीले हामीतिर हेर्ने प्र्यास गर्दै थियौ। बोलीबाट पनि थाहा पायौ। उनी सुन्न बोल्न नसके पनि देखेर हाउभाउबाट अनुभूतिबाट संकेतबाट अनि इसाराबाट थाहा पाउछिन। उन्को भाषा प्रकृतिक हो त्यस्को कनै लिपि गरीएको छैन। यताउता छरिएका संकेतलाई भाषामा बदलेर बुझ्ने कोसिस गर्छिन” प्रकाशले भने ।

“ए त्यसो भए म एक्लै छैन त अहिले हँ म पनि के तिमीहरूको साथी बन्न हुन्छु।”

“हो हामी सबैसँग एक न एक शारिरिक कठिनाइ छ कम्जोरी होइन भन्ने बुझ् जुन एक अर्काको पुरक भएर हटाउन सक्छौ” प्रकाशले भने।

“कस्तो संयोग आज हामी सबै उस्तै उस्तै भेट भयौ हा हा…खुशी प्रकट गर्दै। यो त भाग्य हो हामीले आफनो बर्गीय संम्बन्ध बढाउदै आफनो पहिचान गराउदै अपहेलना र भेदभावका बिरुद्ध लडन सक्छौ।” अर्जुनले भने।

“कम्जोरीलाई बलियोको साहारा चाहिन्छ। आउ हामी एक अर्कालाई डोर्याउदै जीवनको ऊ त्यो नयाँ गोरेटोसम्म पुग्यौ।” जमुनाले भनिन।

“त्यसो भए अब म घर फर्किएर जान्न किन की मेरो परिवारले म अन्धो भएर केही गर्न सक्दैन भनेर त्यागी दियो। म फर्केर जान्न त्यो घरमा” अर्जुनले भने।

“म पनि जान्न घरमा” सांकेतिक भाषमा कल्पनाले भनिन ।

“मेरो सोच्ने शक्ति दिगो छैन तर बर्तमानमा कसरी जिउने थाहा छ मलाई।” जमुनाले भनिन यतिखेर नियाली हेर्दा एकपटक त्यो आकास र यो धर्ती भेट भएको छ र म त्यही गोधूलिको सुन्दरतामा रमिरहेको छुँ।

“तिम्रो कपाल लामो भएछ।” बसन्तले अर्जुनलाई भने जति लामो भए पनि के गर्ने यहाँ अपांगलाई छुन पनि मान्छे डराउछन कस्ले काटी दिने…। म त बल्ल आज त्यो जेल तोडेर आएको छ।” अर्जुनले भने।

“हो म पनि जान्न त्यो घर होइन त्यो त यातना शिविर हो। इहाँ कुनै पनि ठाउमा अपांग मैत्रि बाटो छैन। एउटा खुटकिलो उक्लिन पनि हामी अपांगलाई सगरमाथा चढ्नु जस्तै गार्यो हुन्छ। तर यसको बारेमा न यो देशको सरकारलाई कहिलै चेतना आयो न त जनतामा नै यो चेतना पलाएको छ। हाम्रो अशक्ताले भन्दा पनि यहाँको असुविधाले हामीलाई मुन अपांग बनाएको छ। कति कति दुर्घटनाबाट अपांग भएका छन। क्ति राजनैतिक परिवर्तनको बाहानामा अपांग भएका छन तर यस्ता अपांग प्रति न कुनै सरकारले सोच्न सकेको छ न त पार्टी भनाउदा भातमारा पार्टीलाई नै यो चेतना छ। हुने नहुने सपना देखाएर लड्न भिडन र मर्न पठाउछन। ऋनी हामीलाई बिसे्रर सत्तामा पुगेर तर मार्छन। यस्तो गुदी नभएका बतासेँ अन्डा जस्ता नेताबाट कहिलै अपांगमुखी सुविधाको आशा गर्न नै सकिन्छ र आफैमा लुछालुछ र तानातान गरेर राष्ट्रलाई माकुरोले आफनी आमा खान्छन त्यस्तै गरी हाम्रो राष्टलाई खाइ सके। ” प्रकाशले भने।

यो उज्यालो न देख्ने मान्छेसँग उज्यालो देख्ने तर बोलेर मन्को भाव भन्न नसक्नेको भेट भएको छ। यदि हामी दुइ जना मात्र भेट हुँदो हो त कसरी हामी बिच बार्तालाप हुन्थयो।”अर्जुनले भने ।

“खै मान्छेले सिर्फ खान लाउनको चिन्ता गर्छन तर मानवताको वास्ता गर्दैनन। मान्छे मान्छेबाट टाढा भएको अनभूति छैन मान्छेमा। त्यही भएर त एक अर्काको अस्तित्व सिध्याउन खोज्छन मान्छेहरू किनकी हृदय नै ढंुगा भैसकयो। ढुगा पुजेर दिल ढुंगा बनाउन किन सिके मान्छेले” जमुनाले भनीन।

हो मान्छेले मान्छेलाई बुझे पो मानवताको परिभाषा जान्छन। तर यहा मात्र जस्को शक्ति उस्को भक्तिको परमपरा छ। हामी कम्जोरहरूको आवाज कस्ले सुन्ने। त्यो राज्य चलाउने पनि हामी जस्तै हो की किन सुन्दैन आवाज किन देख्दैन दुख कष्ट किन बुझ्दैन अभाव किन गर्दैन मानवताको बिकास” दॄष्टिले भनिन।

ए साथी हो यो त एकाइस्यौ शताब्धी हो रे मैले सुनेको” बसन्तले भने ।

के हो यो शताब्धी भनेको हँ कुनै खाने कुरा हो की” कल्पनाले साँकेतिक भावमा भनिन ।

होइन यो त बिज्ञान र प्रबिधिको युग भनेको नी” प्रकाशले ँ मलाई त केही थाहा छैन। मात्र भोक लागेको थाहा हुन्छ।” दृष्टिले भनिन। यस्तो पनि एकाइस्यौ शताब्धी हुन्छर यो त ढंुगे युग हो। यहाँ खै के उपलब्धी पायौ हामीले। एकाइसौ सताप्दी त आधूनिक विशेष प्रबिधि र मानवतालाई उच्च स्तरमा राखेर स्वतन्त्र पुर्वक बाच्न पाउने प्रजातन्त्रको पद्धति हो। त्यो कहाँ छ यहाँ” बसन्तले जोसिदै भने।

यहाँ त केवल प्रजातन्त्र भनेको धमिलो पनिमा माछा मार्ने पोखरी बनाए हुतिहारा नेताले। निर्लज र विवेकहिन सासक कही छन भने दुनियामा हाम्रै देशमा छन। जनतालाई कहिले नियती बनेर कहिले नियतले सताउदै आएका छन। शासक नै शोसक भएका छन। अनि कहाबाट हामीले नयाँ जीवन पाउन सक्छौँ र। हामीलाई स्वं। खगेन्द्र बहादुर बस्नेत जस्तो अपांगको मर्म बुम्मुने एउटा मान्छे जतिको पनि यो देशको सरकार बन्न सकेन।

एहाँ अहिलेसम्म त्यस्तो महान मान्छेको जन्म भएन। केही गर्न खोज्दा खोज्दै उहाँको मृत्यु हुनु नै हाम्रो दुर्भाग्य बन्यो। एहाँले छोडेर गएको कृति अहिले अरुले नै तर मारेका छन। तर अपांगको लागि साँचेको त्यो सम्पदा कहिलै अपांगको हुन सकेन। अनि हामी पहाडमा बस्ने अपांगको लागि सोची दिने कोही भएन।”

ल ल यस्ता कुरा गरेर मनलाई कम्जोर न बनाउ। मन त सगरमाथा बनाउनु पर्छ। अनि पो सबैको नजर त्यतैतिर बढछ।” दृष्टिले भनिन।

“त्यसो भए साथी हो फेरि अर्जुनको बाँसुरी सुन्ने कि ?”

हुन्छ हुन्छ सुन्यौ गीत पनि बाँसुरी पनि पालैपालो है त।” दृष्टिले भनिन।

हामी गीत सुन्ने पहिले है त प्रकाशले भने

अर्जुनले गाउँन थाले

यहाँ मान्छेले मान्छेलाई छुन नि पाइन्न।
आफनै अुशु मुारेर पनि त रुन पाइन्न
कसैको इसारामा नै हामीले बाँच्नू पर्छ।
र सर्कसको बाँदर झैँ भएर नुच्नु पर्छ।

बोल्न पाइन्न आफनो मन खोल्न पाइन्न
श्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न
खै देश कहाँ छ बिधिको कहाँ छ शासन
केवल जीवनभर सुनेको छु रुखो भाषण

अगी बढ्ने निकास छैन कनै बिकास छैन
दिन नि रात भयो खुशीको त प्रकाश छैन
जाती जाती बिच घृणा छैन यहा भातृत्व
भागबन्डा लगाए नेपाल आमाको मातृत्व

“ओहो तिम्रो बाँसुरीमात्र होइन त्यो भित्र गीत पनि बज्दो रहेछ। यहाँ मैले लोटेको बेला सार्कीदाइले उठाउदा मलाई सार्कीले छोएको भनेर बहिस्कार गरे। यो कस्तो समाज हो जहा मान्छेले मान्छे भन्न पाइन्न एउटा जात मंगल ग्रहबाट खसेको अर्को जात बृस्पतीबाट खसेको जस्तो गर्छन। जव एउटा मान्छेले लोटेको मान्छेलाई उठाउछ त्यो कुजात हुन्छ रे………कस्तो बिडम्वना ”

बसन्तले भने ँम एकदिन कान्छी दमिनीको घरमा खाना खाएको मलाई गाउँलेले बहिस्कार गरे…जस्ले भोकाउदा खाना दिन्छ उस्को अपमान हुन्छ यो देशमा किन” साँकेतिक भाषामा संकेत गरिन कल्पनाले ँज्ाव समाजका मान्छे बिचमा यत्रो खाडल छ भने हाम्रो अबस्था के होला त्यस्मा पनि तल्नो जात भएको कोही अपांग भयो भने के होला अबस्था सोचौं त…” दृष्टिले भनिन।

यहा मैले बोल्ने भाषा खोइत… यहा मेरो परिचय छैन म कसरी चिनाउ आफूलाई मान्छेसँग मान्छेसँग बस्नलाई। म कुन दुनियामा छुमेरो देश कहाँ हो कल्पनाले भनिन। यहा कतै बाटो छैन जीवनदेखि जीवनसम्म पुग्ने जीवनदेखि सुनौलो लक्ष्यसम्म पुग्ने जीवनदेखि त्यो सपनासम्म छ त बाटो यहा जीवनदेखि केवल मृत्यसम्म पुग्ने।” जमुनाले भनिन।

“एक त छोरीको जातलाई त्यसै पनि पछि पार्छन यो मुलुकमा मुन त्यस्मा पनि महिला अपांग भएपछि कति पीडा होला झन त्यस्मा पनि तल्नो जातको अपांग भए मुन कस्तो अबस्था होला” कल्पनाले भनिन। ”

आउनोस सबै मिलेर एउटा गीत गायौ” बसन्तले भने।

बसन्त :
अब हामी जातपातबाट अलिकति माथि उठौं
सबैदेश एउटा देशबासी एउटै भएर हामी जुटौं

अर्जुन:
आँच आइसक्यो अब माटोमा चुपचाप नबसौं
बसन्तअब हामी नेपाली एक अर्कालाई कैलै नडसौ
दृष्टि बिर्सौँ हाम्रा पीडाहरू छोडौ हाम्रो निहित स्वार्थ
प्रकाश यदि आफनै देश नभएमा हुने छ झनै अर्नथ

सृष्टि:
अब हामी भेदभावबाट अलिकति माथि उठौं
सबैदेश एउटा देशबासी एउटै भएर हामी जुटौं

बसन्त:
अधिकार खोसेर होइन निर्माण अब गर्नुपछ
अर्जुनकसैले दानमा दिन्न सुख आफैले नै भर्नुपछ
दृष्टिनिरासाको अँध्यारीमा आशाको दियो बाल्यौ
कल्पना जीवनको त्यो गोरेटोमा नया पाइला चालौं साँकेतिक भावमा

प्रकाश:
अब हामी बिकृतिबाट अलिकति माथि उठयौं
दृष्टिदेश एउटै देशबासी एउटै भएर हामी जटौं

गीतको लय एउटा झर्नाको सुसेली जस्तै छ। एक से एक सबै गीत गाउँनमा कस्सिए। दृष्टिले गीत झिकेर सबैले साथ दिन अनुरोध गरिन। सबै तयार भएर गाउँन थाले।

एउटा उत्सव बनेको छ उनीहरूको भेटघाट। यत्तिकैमा दृष्टिले गाउँने तयारी गरिन।

दृष्टि:
आऊ म साहारा दिन्छु गोरेटोमा डोर्याउन
तिमीले देखेको सून्दर सपनासम्म पूर्याउन

बसन्त:
हिन्न सक्छौ गोरेटोमा पाइला चाली मन्को
सपनाहरू पूरा गर्ने छौ त्यो तिम्रो जीवनको

प्रकाश:
त्याग हिनताबोध अनि साहासी यात्रा थालं
मेटाउन आपुनै अध्यारो कर्मको दियो बाल

दृष्टि: आऊ म साहास दिन्छ…………………।

अर्जुन:
फुल्ने फूल ढंुगामा पनि फुल्छ रंङ्ग देखाउछ
पलाउने पालुवा शिशिरमा पनि त पलाउछ

बसन्त:
त्याग निरासा आत्मा बिस्वासको ढोका खोल ।
समयलाई बदल्न सके जीवन बन्छ अनमोल

आऊ म सहयोग गर्छु …………………………”

“वा वा दृष्टि तिमी भित्र यत्रो छन्द आखिर यहा कोही भन्दा कोही कमी छैनन मात्र आत्माको प्रभाव हुने ठाउ चाहियो। समय अनुकुल बाहिर सृजना जहाँ पनि प्रस्फुटित हुन्छ। हो आखिर घरमा भार हनुभन्दा जंगलमा ध्यानी हुनु निको। मान्छे भएर जन्मे पछि मान्छेकै रुपमा बाँच्न पाउनु पर्छ चाहे त्यो जस्तोसकै अबस्थामा होस” जमुनाले भनिन ।

“मान्छे भित्रको मान्छे देख्नेहरू नै सही मान्छे हुन्छ।” बसन्तले भने ।

“कति बर्षकी भयौ कल्पना ” अर्जुनले सोधे ।

“हात तानेर सानो फलको हागोले लेख्छीन २२”

“मैले देख्न सकिन कति लेखिन भनेर” अर्जुनले भने ।

“तिम्रो हातमा २२ वर्ष लेखेकि छिन” जमुनाले भनिन ।

“दृष्टिले ब्रेललिपिले मात्र लेखेको बुझ्दछिन” बसन्त ।

“खै मलाई त्यो ब्रेल लिपीको अध्यायन कस्ले ल्याइदिन्छ” अर्जुनले भने ।

“खै मलाई संकेतिक भाषाको किताव कस्ले ल्याइदिन्छ” कल्पनाले भनिन।

“खै मैले बूमुने विशेष शिक्षा कहिले अध्यान गर्न पाउने” जमुनाले भनिन ।

“यहाँका सासकहरू सबै ब्यास्त छन आफनै दुनो सोमुयाउनमा आफनै पेट भर्नमा आफनै सपनाहरू पुर्याउनमा” बसन्तले उदास हुँदै भने ।

लौ हामी एकक्षिण घटटमा जान्छौ घोगाको पिठो ल्याएर आउछौ बस्दै गर” जमुनाले भननिन ।

कल्पना र अर्जुन मात्र त्यहिरहे बाँकी सबै घटटमा पिठो लिन गए।

दुइजना मन्द हावामा चुपचाप बसिरहेका छन। एकले अर्कोलाई कति मन्को भाव पोख्न चाहान्छन। तर कल्पनाले भन्ने कसरी । तर अर्जुनले पोख्ने कसरी ?

कल्पनाका लागि संसारबाट स्वरहरू हराइ सकेका छन। मिठा बोली हराएको छ। बनमा न्याउली बासे पनि के र बन्मा कोइली बासे पनि के रं…॥ उन्लाई मात्र साथ दिन्छ सांकेतिक भाषाले तर आफनै इसारामा सम्मुाउन खोज्छिन अरुलाई। तर कसरी खोल्ने मन्को भाव अर्जुनसंग। मान्छेबाट मान्छे नजिक भएर पनि टाढा हुनु पर्दाको पीडा घत लाग्दो बन्दो रहेछ। अर्जुले कल्पनाको हात समाते पनि बोल्ने कसरी। हातमा सिन्कोले लेखिन तर अर्जुनले बुझेनन।

भन्न खोजिन अनि केही सिकाउन खोजिन तर न त अर्जुनले बोलेको सुन्छिन उनी न त उनी हासेको देख्छन अर्जुन। एउटा मान्छे आफूसँगै हुँदा हुँदै पनि कति टाढा हुन परेको छ। एउटा माध्यम कति जरुरी बन्दो रहेछ। माध्याम त स्वास नै हो जीवनको। माध्याम त ज्योति हो जीवनको माध्याम त सौन्दर्य हो जीवनको। माध्यम बिना हामी एक अर्कामा नजिक हुन सक्दैनौं। कल्पनाले भनिन। दुख अनभव गर्द्रै गहभरी आश मुरिन। अर्जुनको हातमा तातो आँसु मुर्दा अनिमात्र अर्थ बुझायो।

कि कल्पनामा पनि ठुलो पीडा बोध भएको छ। अर्जुनले कल्पनालाई देख्न सकेनन। कल्पनाले अर्जुनको मिठो बोली सुन्न सकिनन। उनी भित्र पीडाबोध भएको छ म जस्तै” कल्पनाले संकेतिक भाषामा भनिन। तर त्यो भाव र भाषा उनी बाहेक बुझ्ने कोही थिएन।

कलपनाको आँशु अर्जुनको खुटामा चुहिएको छ तप तप अर्जुनले भने र आँशु हातले छामेर औलाले खेलाउदै भने ँ ओ हो आँशु उस्तै रहेछ हाम्रो दुख्ने मन एउटै रहेछ हाम्रो । तर किन हामी आपसमा टाढा हुनु पर्यो कल्पनाले केही बुझे झैँ गरी अर्जुनको हात च्याप्प समातिन र आफूतिर खिचिन अनि आफनो कपालमा समाउन भनिन। कपाल छामेर अर्जुले भने – “कपाल लामो भएछ है ।”

कल्पनाले कति बुझिन तर बुझे झैँ गरी मुन्टो हलाउँदै भनिन।

क्लपनाले के भनिन सांकेतिकमा अर्जुनले हेर्न सकेनन। मात्र आत्माले बुझ्ने भाषा बोलिरहे आपसमा।

चिसो बतास चलि रहेको थाहा पाए। एक अर्काको न्यानो पन थाहा पाए। स्नग्ध भावमा आफनो पन थाहा पाए। अनि थाहा पाए प्रेमको कुनै भाषा हुँदैन भन्ने। आपसमा हात समाउदै त्यहाँबाट उठे। अर्जुनले एउटा रुख मुनि पुगेर बसे र कम्मरबाट एउटा बाँसुरी झिकेर बजाउन थाले। त्यो बाँसुरीको धून मनमुग्ध भए पनि कल्पनालाई कुनै प्रभाव परेन। त्यो सुरिलो बाँसुरीको स्वर थाहा भएन उन्लाई।

आफनो प्रेमको नौलो भाषा अर्जुनले बाँसुरीबाट फैलाए। अनि त्यो खुला बाताबरणमा एउटा गीन सुनाउन थाले।

“कस्तो अभागी कर्म दुखै दुखको खात भो
अरुलाई उज्यालो छ मलाई रातैरात भो

सुर्य उदाएर के भो मेरा लागि रात छ
अरुलाई सयल मलाई दुखको खात भो

बेइमानी मान्छे मुटा सपना बेचेकै छन
परिवर्नन त कै भैन केवल अन्तर्घात भो।

कसरी बढु म आफूले आफूलाई घिसार्दै
आहुति दिदा पनि त शत्ताको उन्माद भो

खै कहाँ लुकाए सान्ती मुन पो खोस्छन
जो देश द्रोही छ उसैको मात्र साथ भो

अर्जुनको गीतको स्पर्श कल्पनाले पाइन तर न शब्द बुझिन न त भाव नै। घटट पिस्न गएका सबै साथीहरू फर्किए अनि फेरि सबै भेट भएर जोमसुगतिर लागे जहाँ एउटा भविस्यको खाका कोर्ने योजना बनाए जहाँका अपांगहरू कहीँ पनि ओझेलमा नपरुन भनेर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *