Skip to content

विपरीत हार्मोनको चमत्कार

  • by


आज भन्दा २२ वर्ष अघिको कुरा हो । शिवालाई जन्मेको ५ महिनामा नै हर्नियाको रोग भएछ । डाक्टरको सल्लाह बमोजिम पेटी बाँध्ने र औषधिको सेवन गरेमा अहिले अर्थात् १५/१६ वर्षम्म त केही हुँदैन, त्यस पछि खेलकूद गरेमा फेरि हुन सक्छ कदाचित् भइ हाल्यो भने अपरेशन गरेपछि ठीक हुन्छ । यही सलाह अनुसार २०वर्षसम्म केही समस्या भएको थिएन ।

एक दिन फूटवलको म्याच सकेर डेरामा आउँदा-आउँदै शिवालाई बाटैमा हर्नियाले गाँजिहाल्यो, डेरामा नआईकन सोझै अस्पताल गए, डाक्टरले आज भरे नै अपरेशन गर्नु पर्छ भन्यो र रगत पनि दिनु पर्ने हुन्छ, ग्रुप मिलाएर रगतको जोहो पनि गर्नु भनेको हुनाले सबै बन्दोवस्त मिलाई डेरामा खबर गर्न लगाएँ । थाहा पाउना साथ डेराका साथीहरू र अरु घनिष्ट मित्रहरू सबै अस्पतालमा आए ।

अस्पतालमा डाक्टरबाट अप्रेशन र रगत दिनु पर्ने कुरा सुन्ना साथ गौराले डाक्टर साहब ! मेरो दाईलाई मेरो रगत जति चाहिए पनि दिन्छु । हाम्रो ग्रुप पनि बी.बी. नै हो भनेकी थिइन् । वेलुका डाक्टरको अनुमति मिल्नासाथ एक पिन्ट रगत गौराले दिएकी रहिछन् । १ हप्तामा अस्पतालबाट छुट्टी पनि दिए । ३ महिना नभई फूटवल नखेल्नु भन्ने सल्लाह पनि दिए । त्यही अप्रेशनको बेलामा नै अपेन्टिसाइटिसको पनि अप्रेशन गरिदिएछन् । एकै पटक डबल अप्रेशन भएको हुनाले नै एक पिन्ट रगत दिनु परेको हो भन्ने कुरा शिवाले पछि मात्र थाहा पाए ।

२१ वर्षे लक्का जवान शिवामा अप्रेशन हुनु भन्दा पहिले मन र शरीरमा जति कुरा खेल्ने र फूर्ति थिए आज ती सब हराए । अब त दाह्री, जुँगाका रेखी भए पनि पातलिँदै गए, मसिनु भुवा जस्तो मात्र छ, कालो हुनु पर्नेमा खैरो भएको छ, ब्लेडले काट्दा पनि रौं धेरै नआउने, मसिना अलिकति मात्र आउने भयो । छातीमा पनि रौं उम्रेको छैन । हात गोडा, पिडौंलाका रौं पनि पातलिँदै गएका छन् । पहिलेका गहूँ गोरा शिवालाई, अहिले आफू अलि गोरो वर्णको भएको जस्तो लाग्यो । दाह्री बनाएपछि गालामा हातले मुसार्दा दाह्रीका ठुटा हुँदैनन् नरम छालामा हात दले जस्तो हुन्छ । मनमा फूर्ति भए पनि शरीरमा भने फूर्ति कम भएको छ । निकै आश्चर्यमा परेका छन् । कसैलाई भन्न, सोध्न पनि सकेको छैन, कसले के-के पो भन्ने हुन् भन्ने लाग्छ ।

अप्रेशन गरेको पनि वर्ष दिन भइ सक्यो । फुटवल खेल्ने साथीहरू फेरि खेल्नलाई लिन आउँछन् । उनलाई भने खेल्ने मन हुदैन भए पनि साथीहरूको अनुरोधमा १/२ म्याचमा सम्मिलित भए, तर पहिलेको जस्तो फूर्ति थिएन । सबैले गिज्याए, पहिलेको त्यस्तो फूर्ति कता फालिस् भनेर । यस्ता अनेकौं गाली-खप्की खाँदै खेल्न लागे । अरुले देख्दा बाहिरी कुरा सामान्य भए पनि भित्री कुरा अर्थात् आफ्नो शारीरिक स्थिति भने केही परिवर्तन भएको अनुभव हुन लाग्यो शिवालाई । एक प्रकारले अप्रेशन पछिको खुराकी खानाले शरीर मोटाउनु, अनि एन्टिबायोटिक औषधिले छालामा र रौंहरूमा परिवर्तन हुन पनि सक्छ भन्ने विश्वासमा थिए । अब त दुइ वर्षअघि गरेको अप्रेशनको प्रभाव पनि नहुनु पर्ने हो, तर शरीरको नितम्ब केही बढेको, छाती अर्थात् स्तन पनि बढेको हो कि जस्तो लाग्न थाल्यो । प्यान्ट र शर्ट पनि साना भएर बदल्नु परेको छ । गालाका खाता-पाता भने सधैं खौरेको जस्तो झास-झुस पनि उम्रन छाडे ।

गौरा ओखलढुङ्गाकी शेर्पिनी हुन् । यिनी अति फरासिली, अग्ली, दोहोरो आङकी गोरी पानीदार ठूलो आँखा भएकी, गठिलो जीउ भएकी थिइन् । यता शिवा जिरीका जिरेल हुन् । यी पनि बोलक्कड, फरासिला, गोरा, मोटा र सबै खेलमा कहिल्यै दोस्रा सम्म पनि नभएका सबैका अति प्रिय थिए । यी दुवै खूब मिलेका अनि परस्पर सुख-दुःखमा सहभागी बनेर रहेका थिए ।

एक दिन खेलबाट र्फकंदा शिवालाई अकस्मात् हर्नियाले सतायो । गौरा पनि साथैमा थिइन् । अस्पतालमा गए, भर्ना पनि भए । डाक्टरले रगतको बन्दोवस्त गर्नु पर्ने कुरा गरेको सुन्नासाथ गौराले मँ छँदाछँदै मेरो शिव दाइलाई मेरै रगत दिन्छु भनिन् र ब्लड टेस्ट गराइन् ग्रुप मिलेको हुनाले उनैको रगत दिए । शिवाको शारीरिक परिवर्तनमा अरु कुनै कारण छैन । यस रगत दिएको र त्यसको कारण पट्टी कसैको सोच-विचार अलिकति पनि गएको छैन ।

शिवा र गौराको डेरा पनि पुतली सडकमा थियो, अहिले पनि त्यहीँ यथावत् छ । कोठा बेग्लै भए पनि एकै ठाउँमा बस्ने, सुत्ने गर्दथे, एउटै थालमा० खान्थे । जिन्दगीको मोजमजा, हाँस-खेल गर्थे । ती दुवै तृप्त थिए । अप्रेशन पछि भने गौराको जोश,फूर्ति र क्रीडाहरूमा कुनै कमी भएको थिएन, झन् बढेको जस्तो थियो । शिवाको भने र्सवत्र शिथिल, गालाका र छातीका रौँ खुइलिए । जुन रौँको घोचाइमा गौरा आनन्द मानी त्यसैमा लुटपुटिइ रहन्थिन् । शरीरका मशल ढुङ्गा जस्ता सारा थिए, अहिले त मुछेको पीठाको डल्लो जस्तो गिलो भयो । उनी भन्छिन् – दाइ यो के भयो तपाईंको त्यो जीउ अहिले कहाँ गयो, मोटो देखिए पनि थलथल मात्र गर्छ, मलाई कुनै धीत मार्न दिँदैन । दाइलाई के भयो ! एक बाजी घरमा गएर ताजा मीठा मीठा दही-मोही र अरु तागतिला खुराक, अन्न, माछा-मासु एक महिना खाएर आउनु होस् । त्यतिञ्जेल म धैर्यपूर्वक पर्खिरहने छु । यस्ता कुरा गरेर शिवालाई घर जान उक्साइन् गौराले । उनी पनि केही भइ हाल्छ कि भनेर जिरी गए ।

यता गौरा र शिवा उन्मुक्त ढंगले यौन सम्पर्कमा लागि रहनाले गौराको महिनावारी रोकिएको ४ महिना भइ सकेको रहेछ । आफ्नी एक घनिष्ठ प्रेमी साथी मार्फत गौराले डाक्टर सित सल्लाह गरिन् र तुहाउने कुरा मिलाइन् । यसरी बेटायममा तुहाउँदा उनलाई पनि रगत आवश्यक पर्ने देखि डाक्टरले अस्पतालकै एक लायकदार कार्यकर्ताबाट रगत लिएर दिएका रहेछन् । पुरुषको रगत दिएको भन्ने कुरा गौरालाई थाहा थिएन । केवल ग्रुप मिल्ने रगत दिएको कुरामात्र भएको रहेछ । उता जिरी गएका शिवा एक महिनामा आउने भनेको त दुइ महिनामा आइपुग्दा गौरा तयार भइ सक्नु पर्छ भन्ने उनको विचार थियो ।

एक महिना भनेको त २ महिनामा शिवा काठमाडौं आए । मन त्यस्तै शिथिल भएपनि शरीर भने केही हृष्ट-पुष्ट देखिन्थ्यो । जुँघा र खाता-पाता भने थिएन । गौरा पनि भर्खर एबोर्सन गराएकी हुनाले केही कलिलो उमेरकी जस्ती देखिन्थिन् । शिवा आएकै दिन राती आफ्नो शारीरिक स्थिति र महिना नाघेको जुन कुरा थियो बताइन् र त्यसको निराकरण गरिसकेको पनि बताइन् । यसमा शिवाले कुनै प्रतिक्रिया जनाएनन् । यसपछि दुवैको आफ्नो धेरै दिनदेखि रोकिएको यौन पिपासा शान्त पार्न क्रिया शुरु भयो । दुवै पहिलेको भन्दा अझ बढी खुलेर यौन क्रियामा संघर्षरत भए । अझ कुनै रात त बिहान अवेर सम्म पनि जुझिरहन्थे । कहिले काहीँ दिउसै पनि यौन सर्म्पर्कमा सन्नद्ध भइरहन्थे । तर ती दुवै मन माफिकको सन्तुष्टि नमिलेको अनुभव गर्थे ।

हरेक दिन क्याम्पसबाट आउनासाथ गम्भीर तृप्तिको अभावले गर्दा त्यसको प्राप्तिको निमित्त यौन क्रीडामा भिडिइ हाल्थे । आखिर तृप्ति भने पाउन सकेनन् । ती दुवैले ठूलो हल्पी ऐनाको अगाडि निर्वस्त्र भइ आफ्ना हरेक अङ्ग प्रत्यङ्गको अवलोकन गरे । अप्रेशन गर्नु भन्दा अघिको स्थिति र पछिको स्थितिको विचार गर्दा दुवैले आफ्नो शरीर रूप सज्जामा क्रमशः परिवर्तन भएको थाहा पाए । २३ वर्षका युवक-युवतीले त्यस उमेरमा नै त्यस्तो असंवेदन हुन लागेकोमा दुःखका साथै आश्चर्य पनि माने, आश्चर्य मान्नै पर्ने भयो ।

अब त गौराको मुख मण्डलमा झुस उम्रन शुरु भयो । छातीमा उठेका ती कठिन बेल जस्ता स्तन पनि केही साना र छातीमा नै टाँसिए जस्ता भए, पहिले उठेका, तीखा लोभ लाग्दा देखिने स्तन, अहिले त्यस्ता रहेनन् । मसिनो छरितो कम्मर अलि भद्दा भयो । छातीको बीचको भागमा कताकति झुस उम्रेको देखियो । तिघ्रा, नितम्ब पनि केही सुकेका जस्ता भए । यौनाङ्गको भगनासामा छुँदा पहिले जसरी शरीरमा करेन्ट प्रवाह हुन्थ्यो, आँखाका वरिपरी जुन बत्ती बल्थे ती सब अब हुन छाडे । यस्ता परिवर्तन भएका कुरा ती दुइले मात्र थाहा पाए । अब कसलाई सोध्ने, कोसँग सोध्ने अलमलमा परे । २/४ महिना पर्खेर विचार गरौं अनि आउने हिउँदमा भारतको अल इन्डिया मेडिकल इन्स्टिच्यूट (अखिल भारतीय आयूरर्विज्ञान संस्थान) मा उपचारको निमित्त जाउँला भन्ने अठोट गरे । दुइ जना भारत भ्रमणको निमित्त १ महिनाका लागि केही खर्च लिएर गए, त्यस आयूरर्विज्ञानबाट निर्क्यौल भइहाल्नेछ भन्ने तिनलाई लाग्यो । नाताले दिल्लीको विद्यार्थी युनियनसित सम्बन्ध मिलाई त्यसैको आधारमा आयूरर्विज्ञान चिकित्सालयमा मेल वार्ड र फिमेल वार्डमा १ हप्ताका लागि भर्ना भए ती दुवै जना । त्यहाँको नियम अनुसार दिसा, पिसाब, थूक, रगत आदि सब जाँचे । कुनै विशेष रोग भएको पाएनन् । मानव रक्त परीक्षण विभागमा पनि एक हप्ता भर्ना भएर जाँच गराउँदा रिपोर्टमा केही डिफेक्ट भएको पाए । त्यो डिफेक्ट पनि हार्मोनबाटै भएको थियो ।

आयूरर्विज्ञानका एक हार्मोन विशेषज्ञ डाक्टरले गहिरिएर विचार गर्दा दुवैको रगतमा भएको डिफेक्टमा यस्तो पाए – गौराको रगतमा पुरुषको हार्मोन र शिवाको रगतमा महिलाको हार्मोन । यी डाक्टरले दुवैको विशेष अध्ययन गरी रिपोर्ट तयार गरेका रहेछन् । उनले रिपोर्टमा कोड गरेका रहेछन्-२ वर्षअघि यी दुवैले रगत लिँदा पुरुष (मेल)लाई महिला (फिमेल) को, यस्तै महिलालाई पुरुषको रगत दिएको हुनाले यस्तो समस्या खडा भएको हो । यसबाट तुरुन्त छुटकारा पाउन पूरा रगत परिवर्तन गर्नु पर्दछ, कि तीन-चार वर्षपछि क्रमशः पुरुषको हार्मोन बढी हुँदै गएपछि स्त्री हार्मोन शिथिल हुँदै जान्छ । उता महिला तर्फपनि यस्तै स्त्री हार्मोनको आवश्यकीय मात्रा भएपछि पुरुषको हार्मोन क्रमशः शिथिल हुँदै जान्छ भन्ने आश्वासन दिए ।

दिल्लीको आयूरर्विज्ञान संस्थानको प्याथोलोजी विभागमा महिला र पुरुष गरी यस्ता रोगी पनि आए जसको शरीरका ठाउँ ठाउँमा रौँको चक्का-चक्का अर्थात् भुमरी परेका थिए । शारीरिक अरु लक्षण धेरै नदेखिए पनि मानसिक स्थिति भने आफूलाई पुरुषको समान मान्ने, तर आफ्नो रूप र शारीरिक बनोट देखेपछि भने त्यसै लाज लाग्ने हुने । यस्तै पुरुषको पनि विलक्षण देखियो । पुरुषले आफ्नो शरीरका मसलहरू नरम वा गीला भएको अनुभव गरेको रहेछ । यस्तै अरु पनि वास्तविक लक्षणमा परिवर्तन भएको देखिएको बताए । उसको पनि मानसिक स्थिति पहिले पुरुषको स्वाभाविक रूपमा उम्लेर आउँथ्यो, तर पछि क्रमशः घट्तै र निराश हुँदै जान्थ्यो । यस्तो घटना हुनुमा मुख्य कारण विपरीत रक्तारोपणबाट भएको हो भन्ने कुरा सबै डाक्टरहरूले प्रमाणित गरे ।

अल इन्डिया मेडिकलको प्याथोलोजी विभागमा डा. मदन सिंह नाम गरेका एक अनुभवी डाक्टर रहेछन् । त्यस्ता रोगीहरू पहिले पनि आएका र अहिले पनि आउँदा रहेछन् । जति आउँथे सबैको भनाइ यस्तै हुन्थ्यो । उनले धेरै लामो समयको अनुसन्धान गरेपछि यस्तो निर्णय गरेका हुन् । मेल-फिमेल वा फिमेल-मेलको हार्मोनको संघर्षबाट हुने परिणामको फल यस्तै हुन्छ । मेलमा फिमेलको रगत पर्‍यो भने, यस्तै फिमेलमा मेलको रगत पर्‍यो भने शुरु-शुरुमा यस्ता लक्षण देखिन्छन् र क्रमशः त्यसको प्रभाव ४/५ वर्षमा कम हुँदै जान्छ र कसैलाई अलि लामो समयसम्म यसको प्रभाव रहन्छ ।

यसको नियन्त्रणका लागि हरेक प्याथोलोजी विभागमा मेल ब्लड ब्याङ्क र फिमेल ब्लड ब्याङ्क भिन्दा भिन्दै हुनु अत्यन्त जरुरी छ । विभागीय खर्च केही बढे पनि मानवको शरीरमा पर्ने उल्टो प्रभाव नपार्नका निमित्त यस्तो व्यवस्था हुनु अत्यन्त आवश्यक छ । यसरी मेल र फिमेल ब्लड ब्याङ्कको स्टोरेज भिन्न भएपछि मात्र ग्रुपिङ हुनुपर्छ । यति व्यवस्था भएपछि डाक्टरले मेलको रगत फिमेलमा र फिमेलको रगत मेलमा चढाए भने डाक्टर प्रति लापर्वाहीको मुद्दा दायर गर्न सकिन्छ । यसलाई मानवाधिकार हननको मामिला बनाउन पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *