Skip to content

ढुकढुकी अझै चल्दै थियो ।


सपनाको सुन्दर बगैंचामा हेर,कोमल फुल फुल्दै थियो ।
पछ्यौरीले बेरी बनाएको, झुलौना अझै नि झुल्दै थियो ।

नलाउनु हजुरले मायाको दाम त्यसको कुनै मोल हुदैन,
अमूल्य हुन्छ माया भन्नेले, मुल्य तोकी भुल्दै थियो ।

उकुस मुकुस गरी बसेका मनका भावना बाहीर आउँदा,
जली मुटु भित्र भित्रै, मनमा आगो बल्दै थियो ।

आँचलमा समेटी माया राख्छु,जुनी भरी यसै गरी
केबल माया दिनु भन्नेले, आज साथ छल्दै थियो ।

निर्दयी मनको कुनाबाट मलाई, तिमीले झिकी फाले पनि
सम्झी तिम्रो माया पलपल, ढुकढुकी अझै चल्दै थियो।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *