Skip to content

लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता

लोडसेडिङ्ले देशैभरि अन्धकारमा छन् जनता
मैनबत्ति बाल्नलाइ हतारमा छन् जनता

जताततै हाहाकार छ पेट्रोल अनि डिजलको
लाइनमा बस्दा बस्दा दिक्दारमा छन् जनता

जुन सरकार आएपनि बढाउंछ मुल्य मात्रै
एक पछि अर्को गर्दै महंगीको मारमा छन् जनता

सभासद र मन्त्रीबाटै अपहरित हुन्छन् मानिस
ठूलाबडा शासकहरुको अत्याचारमा छन् जनता

गरिबहरुको हालत बिग्रंदैछ झन् झन्
गाउं गाउंमा भोकमोरीको सङ्घारमा छन् जनता

न त बन्यो संबिधान न त आयो शान्ति
अब त अति भयो आन्दोलन्को सुरसारमा छन् जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *