Skip to content


(१) प्रतिक्षाको अन्तिम घडी हेर्न आउदैछु
तिम्रो इच्छा चाहनालाई फेर्न आउदैछु
बचन दिन सक्दिन म दुःख पिडा हर्ने
तर न्यानो अंगालोमा बेर्न आउदैछु ।

(२) धेरै सोच्नु पर्ने पनि बात हुदो रै छ
बिश्वास गर्दा गर्दै पनि घात हुँदो रै छ
खै के भनु प्रिय बिश्वास गरुँ कस्लाई
हात दिंदा ज्यानै लिने जात हुँदो रै छ ।

(३) पिडा धेरै भएमा कलमले सेक्नु
फलामले पोल्दा साथी फलामले सेक्नु
भित्र चोट कम गर्न साथीसंग बाड्नु पर्छ
निको पार्न मायाँको मलमले सेक्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *