तामाङ् भाषाको गजल
ङ्हाछ्याङ सोसी थप्राउ धरेम,ङैनु जागीर चाबान मुला
होस लाउ या वा ओई साईली,लाहुर तसि ङा खाबान मुला
तिल्माका ङा लुते मुबाम्,चा आम्याङमबाला मकर राङ्बा,
तन्देम छोसी ल्हुन्दि राङ्,निक्कै घोर्ले ताबान मुला
लिछा चुक चुक ङ्हम्ला साईली,बेला रि बुद्दि आयोमा
ङाला माया ङोसेबादा,तिगा तिगाका ङै,बाबन मुला
आवारा ङादा थडन्गो,तिल्माला राङ्बा ङा आहान
होरोङ्दै मि खाडी रि,रुम्बाजे भेँडा छावान मुला ।
नेपालीमा उल्था गर्दा :
ठुलो बनेर नहिंडा अब,म नि जागिर खाँदै छु
होस् गर हे ओई साइली,लाहुर बनेर आउँदै छु
हिजो पो म खाना नपाको बाँदर जस्तो थिएँ त
अहिले त मोटाएर स्याल जस्तो निक्कै घोर्ले हुँदैछु
पछी चुक चुक लाग्ला है साइली,बेलामा बुद्दी नपुग्दा
मेरो माया बुझ्नेलाई मैले के के पो ल्याउँदै छु
आवारा मलाई नसम्झा,हिजोको जस्तो म होइन
त्यसैले त खांडीमा,रुम्बा भेंडा चराउँदै छ
राजेश रुम्बा लामा “अतृप्त”
ङ्हाछ्याङ सोसी थप्राउ
यो लास्टमा ‘मुबा’ हुनुपर्ने हैन भन्या ? ‘मुवा’ र ‘मुला’ मा के फरक छ हो राजेशजी ?
सर “मुबा” को अर्थ हुनु/थियो र
सर “मुबा” को अर्थ हुनु/थियो र “मुला”को अर्थ छु/छ/हुँ |