Skip to content

नारायणस्थान महिमा

  • by


महाभारतको गुनगन सुन्दा संसर नै लित हुन्छ
हाम्रो नेपाल, हाम्रो काभ्रे, ढुंखर्कको जित हुन्छ

लेकवेशीको यात्रा गर्दा उमङ्ग र हर्ष हुन्छ
चिसो–चिसो हावासंगै हिँऊको पनि बर्षा हुन्छ
विहानीको शितसंग प्रकृतिकोे मित हुन्छ
बेथान्चोकको शानसंगै मेरो पनि जित हुन्छ

हिमाल, पहाड, तराई मधेस हेर्ने एउटै थलो
विविधताले सम्पन्न छ नारायणस्थानको परो
नारायणस्थानको महिमा अब सबको मनको गित बन्छ
प्रकृतिको गित गाँउदा मेरो पनि जित हुन्छ

सौन्दर्यतालाई बढाउँदै लालीगुँरास फुलेको छ
शिशिरको शिरेटोमा हरीयाली झुलेको छ
कहिले शरद, कहिले बर्षा प्रकृतिको रीत हुन्छ
वसन्तको गुनगान सुन्दा मेरो पनि जित हुन्छ

चारैतिर डाँडाकाँडा भञ्ज्याङ्ग अनि खोचहरु
पर्यटकले लगाउने छैन कुनै खोटहरु
जन्मभूमी, मातृभूमी सबको आफ्नो प्रित हुन्छ
गाँऊ घरसंग प्रित लाँउदा मेरो पनि जित हुन्छ

मनोरम दृष्य अनि अटल हिमश्रृङ्खला
धर्म, कला, संस्कृतिको इतिहास निश्चल
हाम्रो कला सँस्कृतिलाई जोगाउनु हित हुन्छ
राष्ट्रियतामा रमाउँदा मेरो पनि जित हुन्छ

महाभारतको गुनगन सुन्दा संसर नै लित हुन्छ
हाम्रो नेपाल, हाम्रो काभ्रे, ढुंखर्कको जित हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *