केहि कोरा सपना
केहो विगतहरु
जलिरहेछु ५० डिग्रीको घाममा
अहँ कत्ती पर्वाह छैन
तर जलिरहेछु भित्र भित्र दन्केको ज्वालासँगै …
न कुनै स्वार्थ अनि शत्रुता
अहँ मलाई पटक्कै पर्वाह थिएन
देशको कानुन अनि दलसँग
मात्र एउटा आक्रोश थियो
बर्षौँ देखि हाम्रो शिरमा पोतिएको गरिबिसँग अनि पर्वाह थियो
कहिल्है चुक्ता नहुने त्यो साहुको ॠणसँग
हो,
कमरेड प्रचण्ड
म तिमीसँगै १२ बर्ष लडेको योद्धा हुँ
स्वतन्त्रता अनि समानताको लागी तिमीलाई मसिना चामलको भात खुवाएर
सागको खोले खाने
सम्झिन्छौ?
म त्यहि हुँ
तिमीसँगै खुकुरिको धारमा खेलेको योद्धा!
तिमिलाई मलमलको कपडामा सुताएर पिँढिको चिसो छिँडीमा सुत्ने
याद छ म उहि कमरेड क्षितिज हुं!
अहँ,
तिमी त सिंहासनमा रमाई रहेका छौ
दसौँ हजार तिनै योद्धाको रगतले घर पोतिरहेका छौ
आफ्नो उजाडिएको घर
अनि देख्दै छौ युरोप अनि अमेरिकाका सपनाहरु हो,
योद्धा म थिएँ, लडेको मैले नै हो
अनि जितेको पनि
तर तिमी अजय रह्यौ
म सधैँ हारिरहेँ
अनि भिराईयो असक्षमताको ताज आज
जितेकोलाई हाराईएको छ याद त छ होला नि?
तिमीलाई जन्माउने मै हुँ, अनि जिताउने पनि!
हो
म नै हुँ!
अझै पनि तिमीजस्ता कयौँ प्रचण्ड जन्माउन सक्छु
कयौँ प्रचण्डलाई हराउन अनि जिताउन पनि!
किन कि म गोरखपुत्र नेपालि योद्धा हुँ कहिल्है हार्न जानेको छैन!
म अजय छु!
हो
हामि गोरखपुत्र गोर्खालि नेपालिहरु कहिल्है
हार्न जानेका छैनौँ, अनि आफ्नि आमालाई पनि हार्न
दिने छैनौँ!
युद्ध अझै बाँकि छ र जित्नु छ हामिले!
-कौशल किरण “उदास”
रेगिस्तानबाट