Skip to content

किन किन कापी र कलमको तालमेलै जुटेन


भक्ति र आराधान पनि गरेकै थिय ।
पुस्तक पुस्तिका मा अक्षता छरेकै थिय ।।
खै ज्ञान र बुद्धी को मुल नै फुटेन ।
किन किन कापी र कलमको तालमेलै जुटेन ।।

कहीले मेरै पडने मोड चलेन ।
कहीले मास्टरको पडाउनी मोड चलेन ।।
कहीले म स्कुल जादै गइन ।
कहीले मास्टर आउँदै आयनन ।।

खै किन किन तालमेल नै बसेन ।
यो दिमाखमा ज्ञान को थोपो पसेन ।।
न ध्यान गयो पडाउनी मास्टर तीर ।
कालो बोड चक अनी डस्टर तीर ।।

बल्ल बल्ल केही होला जस्तो थियो ।
गुरुका अमृत बाणीले छोला जस्तो थियो ।।
अब भने ज्ञान को ज्योति चम्किने भयो ।
मेरा पइला पनि प्रगती पथ मा लम्किने भयो ।।

फेरी आयो चाडपर्ब नाना भाति ।
कहीले जन्मोत्सब त कहीले मरेतीथी ।।
हिउँदे अनी बर्खे बिदाको चटारो ।
त्यै बिदा ले कर्ममा हानिगो झटारो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *