Skip to content


धेरै किसिमका फूलहरू स्वर्गका थुप्रै बगैंचाहरूबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छासहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद !

मेरी प्यारी स्याफ्रोन !!!
म एकदमै हल्का महसुस गरिरहेको छु तिम्रो माया, समर्पण, आदर, सत्य, आज्ञाकारिताका भावनाहरूबाट र तिमीलाई कस्तो छ ? अवश्य नै तिमी पनि यस्तै छ्यौ । म तिमीसित एकदमै आभारी छु कि म आफ्नो हर्ष अभिव्यक्त गरिरहेको थिएँ जब मैले तिम्रो पछिल्लो ईमेल पढेको थिएँ, तिम्रो नै आइडीको ड्राफ्टमा । म अत्यन्तै दोधारमा परेको थिएँ, तिम्रा साधारणभन्दा साधारण कुराहरूले गर्दा । मेरो विचारमा हामीले एउटै शरीरले अनुभव गर्नुपर्नेछ । हो मैले त यही विचार गरेको छु । तिम्रो के विचार छ ? मेरो विशेष–विशेष धन्यवाद छ तिमीलाई र संसारको सबभन्दा ठूलो परम शक्तिलाई पनि, तिम्रो माया अनुभव गर्न पाएकोमा र तिम्रो आकङ्क्षा मकहाँ सदाका लागि ल्याइदिएकोमा । मैले हृदयदेखि हृदयसम्म अनुभव गरेँ अनि मैले तिमीलाई तत्कालै एस.एम.एस. गरेँ ।

प्यारी स्याफ्रोन ! मैले तिम्रो ईमेल बडो सतर्क भएर हृदय र दिमाग दुवैबाट पढें । मैले हुनुको थाहा पाएँ कि तिमी र म साँच्चिकै एकअर्काका लागि बनेका हौं, सदाका लागि । म तिमीलाई मनपराउँछु । धेरै मनपराउँछु । सायद लैला, हीर, रोमियो आदिलेभन्दा बढी मनपराउँछु । मसँग शब्द छैन । शब्दले हैन हृदयले भनेको हो यो । मेरो माया तिमीलाई सदाका लागि । म विश्वास गर्छु मैजस्तो गरेर त्यस्तै तिमीले पनि तिमीजस्तै गरेर तिमीले मलाई सोच्छ्यौ । तिम्रो ईमेलमा अति तिम्रो डर देखेँ । तिमीले तिमीबाट अलग नहुन लेख्यौ । यो सानो पनि हुन सक्छ, ठूलो पनि हुन सक्छ । म अनुभव गर्ने छैन मैले बुझिन कि ? जेहोस् मलाई भत्र देऊ । केही कुरा मेरो मुटुको धड्काइले बताउँछ भने कि तिमीलाई भविष्यदेखि डर छ । तिम्रा डराइ के मेरा सबै ईमेल पत्रहरूले बोलेको छ कि ? हामी फेरि भविष्यमा छुट्छौं भनेर । आउँदा दिनहरूमा, भविष्यमा आनन्दसँग विश्वास गर । मेरो विनम्र अनुरोध छ कि यस्ता–उस्ता कुराहरूलाई छोडिदेऊ — आजैदेखि, अहिलेदेखि । तिमी यो गर्न तयार छौ ? तिमीलाई छोड्ने ? मेरो प्रिय ! कदापि ! कदापि !! कदापि !!! यस्तो गर्ने धेरै–धेरै टाढाको कुरा हो । तर कहिल्यै पनि मेरो विचारमा कहिल्यै ल्याउने छैनौ । कृपया तिम्रा शक्तिहरू सबै ममाथि थुपारिदेऊ । साहसका साथ मलाई विश्वास गर । सक्कली माया गर, आदर गर सदाका लागि । मलाई थाहा छ तिमीले मलाई अत्यन्तै माया गछर्यौ मेरी प्रिय । हे प्रिय ! किन तिमीले मसँग नछुट भनेर अनूनय गरिरहेकी छ्यौ ? किन ? हे ! किन प्रिय ? किन तिमी समस्या उब्जाइरहन्छ्यौ ? यदि तिमीले समस्या ल्याउँदिनौ भने जीवनले सबै रहस्यहरू खोल्नेछन् । जीवनमा सधैं जितैजित हुनेछ । यदि तिमीले समस्या उत्पत्र गर्यौ भने तिम्रा अत्यन्तै समस्याहरूले आँखा ढाकिनेछन् । प्लिज बुझ्ने कोसिस गर कि तिम्रा सबै समस्याहरू परिकल्पनाहरू मात्र हुन् । त्यसकारण प्लिज ममाथि धेरै विश्वास गर, धेरै भर पर । मैले कहिल्यै तिमीलाई छोड्ने छैन । अहिले त तिमी ठिक भयौ होला ? हो अवश्य । तिमीले यसलाई हृदयले स्वीकार्यौ होला । धन्यवाद !

प्रिय स्याफ्रोन ! तिमी यो बुझ कि माया भनेको अञ्जान तागत, अञ्जान शक्ति हो । तिम्रो वशमा छैन । एकताको अनुभव र प्रशस्त साहस हुन्छ यसमा, मसम्म सदाका लागि आउनमा । मेरो विचारमा तिमीलाई थाहा छ माया भनेको गुलाफको फूल हो । यो फुल्छ यदि तिमी पलपल जिउँछौ भने । त्यसैले त्यहाँ कुनै दोष हुँदैन । प्रायः मानिसहरू स्वार्थमा जिइरहेका हुन्छन् । तिनीहरूलाई आफ्ना वरिपरिकाहरूको स्वार्थको बारेमा वास्ता हुँदैन र उनीहरू पर म स्वार्थी बन्दै जान्छन् । यसैले मानिसहरूलाई झनै झमेलामा पारिदिएको हुन्छ कि मेरो, मेरो बारेमा भनेर । प्रिय स्याफ्रोन ! तिमी तिम्रै गुरु हौ । तिमी जिऊ, जस्तो तिमी चाहन्छ्यौ । हाम्रो मायालाई देखेर आश्चर्यमा परेकाहरू सबैलाई छोडिदेऊ तिमी । यो प्राकृतिक कुरा हो । यो पूरै पृथ्वी नै एउटा देश हो र यहाँका हरेक मानव यसका नागरिक हुन् । भगवान्ले धरती बनाउनुभयो तर मानवले सीमारेखा बनाए र सीमारेखा दिनप्रतिदिन बढिरहेका छन् । तिमी मसँगै छ्यौ अहिले । मेरो मतलब तिम्रो मुटु नै मेरो मुटु हो र हामी दुइटैको मुटु मिलेर एक भएको छ । मेरो मुटुको नाम विजय हो तिम्रो स्याफ्रोन । तिम्रो मुटुको स्पेलिङमा वाइ छ मेरोमा पनि वाइ छ त्यस्तै–त्यस्तै । जब हामीले मुटुलाई एकैठाउँमा राख्यौं अत्यन्तै लोकप्रिय र स्वागतयोग्य शब्द बन्यो त्यो हो हाम्रो सन्तान । जुन कुरा जोकोहीले पनि दुवै जना सामीप्यमा हुँदा कुरा गर्न अगाडि सोच्दछन् भत्रे मलाई लाग्दछ । हाम्रो एकआपसमा खप्टिएको हृदयको नाम वाइ हो । अथवा हाम्रो एउटै हृदयको नाम हाम्रो सन्तान हो । त्यसमा हाम्रो वाइ क्रोमोजोम छ । यसलाई तिमी नोट गर कि तिम्रो हृदय र मस्तिष्कमा राख यो अत्यन्तै बलियो र मजबुत छ । यो नै हाम्रो पहिलो सामञ्जस्य हुनेछ “हाम्रो सन्तान ” यो अत्यन्तै लोकप्रिय छ आफैँमा र यसपछि के हुनेछ ? अवश्य नै सदा राम्रो नै हुनेछ ।

प्रिय स्याफ्रोन ! तिमीले मेरो वास्तविकता बुझ्नु आवश्यक छ । म फेरि एकपटक दोहोर्याउन चाहन्छु कि म प्राक्टिकल व्यक्ति हुँ । म जुन कुरा शब्दमा व्यक्त गर्छु नि त्यही गर्छु पनि सदा नै । त्यसकारण प्लिज तिमीले अहिले नै मलाई देख्न सकिनौ तर तिमी सदा मेरो प्राक्टिकल जीवनमा छ्यौ । भगवान्ले यसलाई देख्नुहुन्छ । तिमी पनि यसको अंश हुनेछौ । हो तिमीले अनुभव गर्नेछौ । यो साँचो हुनेछ सदाका लागि, सबै ठाउँका लागि । मेरो तिमीप्रतिको मायामा धेरै शक्ति छ त्यसले मुटु धड्काउनेछ, हृदय अनि आत्मालाई । त्यसकारणले हामी गहिराइमा सामीप्यमा छौं । तिम्रो मायाले पनि यस्तै मेरो मायाले जस्तै प्रकृया गर्नेछ भत्रे मलाई थाहा छ । मेरी प्रिय ! तिमीलाई शब्दहरू थाहाछैन तर शब्दमा ठूलो शक्ति हुन्छ जुन मुटुको अन्तर आत्माबाट आएको हुन्छ । यसले विशेष भूमिका निभाएको हुन्छ । विश्वासै गर्न नसक्ने शक्ति । यसलाइरहस्यमय कुराभन्दा अत्युक्ति होला । तिम्रो सम्बन्धमा तिमी मविना बाँच्न सक्दिनौ यो मेरो सन्देश हो । अवश्य नै शब्दमा अथवा मुटुबाट ? मेरो हृदयले महसुस गरिरहेको छ कि सबै कुरा तिम्रो हृदयमा गएर समाप्त हुन्छ । म सही छैन र ? अवश्य नै तिम्रो उत्तर “हो” हुनेछ । मेरो हृदयले आश्चर्यजनक रूपमा महसुस गरिरहनेछ, तिम्रो ईमेलले सम्बन्ध राख्यो भने । अवश्य नै यो आश्चर्यजनक हुनेछ । म तिमीलाई माया गर्छु । कति त ? यो कुरा संसारको सबभन्दा ठूलो पर म शक्तिलाई राम्रोसँग थाहा छ र तिमीले पनि थाहा पाउन समर्थ हुन्छ्यौ । हृदयको अनुभवबाट यदि कुनै डरविना तिमीले मलाई भरोसा गछ्र्यौ भने सानो सियोको टुप्पो जतिको डर पनि नराखीकन गर । तिमी यति मेरो नजिक छ्यौ कि मेरो मुटुको गहिराइबाट भनिरहेको छु कि म तिमीलाई कुनै पनि मूल्यमा चुकाउने छैन । तिमी मेरो श्वास हौ र जसरी तिमी मेरो जुनसुकै कुराको पनि सम्भावना हौ । तिमी मबाट टाढा छैनौ र अरू कोही पनि गहिराइसम्म नजिक छैन तिमीबाहेक मेरी प्रिय ! कि तिमी मेरी जीवनसाथी सदाका लागि छ्यौ । अवश्य नै तिमी मेरी जीवनसाथी हौ यो मेरो ढुकढुकीले भनिरहेको छ र आजको विज्ञान प्रविधिको विकसित युगमा तिम्रो देश र मेरो देशबीच कुनै दूरी छैन । यो त छिमेकी टोलजस्तै भैसक्यो होइन र ?

हे मेरी जीवन सङ्गिनी स्याफ्रोन ! मसँग व्यक्त गर्न शब्द छैन । विशेष र आश्चर्यचकित किसिमका परिवर्तनहरू तीब्र गतिमा मेरो मुटुमा भइरहेका छन् । म तिमीसँग बाँड्न चाहन्छु, हृदयबाट हृदयसम्म हाम्रो मिलन भइसकेपछि । म अरू पनि बाँड्न चाहन्छु राम्रा–राम्रा बगैंचामा भएका कुराकानीले कसरी मेरा दिनहरू र रातहरू छिटै वित्दथे, हाम्रो मीलनहरूमा । मलाई तिम्रा इच्छा आकाङ्क्षाहरू सबै मनपर्छन् र तिम्रा भावनाहरूलाई म अति नै स्वागत गर्दछु, सदाका लागि हृदयबाट । आजकल म धेरै खुसीको अनुभव गरिरहेको छु, नयाँ शक्ति सञ्चारित भएको महसुस गरिरहेको छु । मेरा अतिरिक्त क्रियाकलापहरू पहिलेभन्दा धेरै उच्चस्तरको भएर बढिरहेको पाएको छु । मलाई आवश्यकभन्दा बढी भरोसा छ, तिमीमा मेरो माया र ममा तिम्रो मायामा । तिमी मेरो हुन अवश्य आउनेछ्यौ भत्रे मलाई अत्यन्तै विश्वास छ । म तिम्रा हरेक भावनाहरूको कदरका साथै आदर पनि गर्दछु प्रिय ! त्यसकारण प्लिज चाँडै आऊ र तिम्रो जीवन मसँग बाँड किनकि म सदा मेरा सम्पूर्ण जीवन र हरेक कुरा जुन मसँग छन् ती तिमीसँग बाँड्न आतुर छु मेरी प्रिय ! यो एकदम सजिलो पनि छ तिमी मकहाँ आउन । मेरो दिमागले निर्धक्क भएर अत्यन्तै मिल्ने एकमात्र साथीको रूपमा तिमीलाई सहर्ष स्वीकार्नेछ । मैले अनुभव गरिरहेको छु कि तिमीले मेरो मेरो जस्तोसुकै स्थितिमा पनि मेरो हृदयलाई बिस्तारै ढकढक्याउनेछ्यौ । तिमीले यसलाई अवश्य नै वास्तविकतामा अनुभव गर्नुपर्नेछ । तिमीलाई अत्यन्तै स्वागत छ ।

मैले तिमीलाई एउटा विशेष व्यक्तिको रूपमा मेरो तथा मेरो जीवनका लागि मैले गर्वसाथ माया, आदर, सत्य, भरोसाका रूपमा सदाका लागि लिएको छु । धेरै–धेरै धन्यवाद छ मेरो मुटु । कृपया कहिल्यै एक्लो महसुस नगर । यो मेरो विनम्र अनुरोध हो कि प्लिज तिमी यहाँ सकेसम्म चाँडै आऊ, सदाका लागि । तिमीले, हो अवश्य तिमीले अनुभव गर्नेछ्यौ । तिम्रा लागि मेरो माया जीवनसाथीका रूपमा, बुबाका रूपमा, आमाका रूपमा, दाजुभाइका रूपमा, दिदीबहिनीका रूपमा, छोराको रूपमा आदिआदि । कसैकसैले दुइटा नाताको भूमिका राम्रोसँग वहन गरेका हुन्छन् । कसै कसैले तीनवटा । तर मैले सबै नाताको भूमिका एकै पटक सदाका लागि निभाएको पाउनेछ्यौ । मसँग बसेपछि तिमीले माया के हो भनेर झनै थाहा पाउनेछ्यौ । के आदर हो भनेर पनि थाहा पाउनेछ्यौ । के सहयोगको भावना हो भनेर पनि थाहा पाउनेछ्यौ । म तिमीलाई अभिभावकलेभन्दा ठूलो भूमिका निभाउनेछु जसरी आफ्ना प्यारा बच्चाहरूलाई अभिभावकले हेरचाह गर्नेछन् । त्यसैले सकेसम्म चाँडै आऊ तिमी । अब तिम्रा चेतनाहरूलाई मेरो तिमीप्रतिको मायामा केन्द्रित गर ।

भगवान्लाई धेरै–धेरै धन्यवाद छ, तिमी सबभन्दा राम्री छ्यौ वास्तवमै । भगवान् तिमी साहर्ै राम्रो छौ । धेरै–धेरै धन्यवाद छ मेरी प्रिय ! तिमीले निष्कर्ष गरिसकेकी छ्यौ कि तिमी मेरो हुनमा । दुनियाँका सबै व्यक्तिहरूलाई हाम्रो मायाको टोकन देऊ र भन “आउनैपर्छ है हाम्रो घर” यो म हृदयदेखि भनिरहेको छु । म तिमीलाई ठूलै आशाका साथ, ठूलै मायाका साथ हवाइजहाज रोक्ने ठाउँको आगमनकक्षमा फूलै फूल लिएर तिम्रै मात्र तिम्रै भरोसामा तिमीलाई स्वागत गर्न आइरहेको छु । अवश्य नै तिमी आयौ भने एकदमै मजा आउनेछ । म यसका लागि सदा तयार छु । तिम्रो सकारात्मक निर्णयका लागि विशेष–विशेष धन्यवाद कि मकहाँ मेरो भएर आउने तिम्रो निर्णयप्रति । जुनसुकै सफलता सकारात्मक कुरामा निर्भर हुन्छ अँझ पैसा, शक्ति र क्षमताभन्दा पनि धेरै बढी ।

म सधैं तिमीसँग हृदयबाट कुरा गरिरहेको छु, तिमी शारीरिक रूपमा मेरो साथ नहुँदा पनि । यो मीठो र आनन्ददायक छ, होइन र ? तिमी सधैं ममा छौ, मेरो हृदयमा । धन्यवाद छ सदाका लागि तिम्रो माया र आदरका लागि ।

तिमीले मलाई तिमीलाई सेवा गर्ने मौका दियौ किनकि हामी मायामा छौं । एकअर्काका लागि । हामी दुवैलाई यो सेवाको मौका प्राप्त भएको छ माया, प्रेम, आदरबाट । तिमीले म तिम्रो भन्यौ मैले पनि । त्यसकारण म तिमीलाई सेवा गर्न चाहन्छु । मेरी प्रिय ! तिमी आफ्नो जीवनको नायिका बन । त्यो पनि आफ्नो पूरै क्षमता बढाएर, हँसिलो भएर, रोमाञ्चित भएर ताजगीकासाथ जस्तो तिमी नयाँ जीवनमा आएकी छ्यौ, मसँग रमाइलो संसारमा आउन । तिमी कृपया प्राकृतिक हुन खोज । नचाहिँदा कुराहरू आफूसाथ नराख पालिस, लिपिस्टिक, मेकअपका सामान आदिआदि । तर तिमी छालाको सुरक्षा गर्ने एन्टिसेप्टिकका साधनहरू प्रयोग गर यसका बदलामा । यसले तिम्रो मुहारमा प्राकृतिक रूपले दिव्य चमक प्रदान गर्नेछ । भित्रबाट पनि तथा बाहिरबाट पनि, त्यो पनि सदाका लागि । के तिमी यो स्वीकाछर्यौ ? मलाई विश्वास छ यसलाई तिमी स्वीकाछ्र्यौ । सधैं एउटा ऐना लेऊ र सुत्नुभन्दा अगाडि र उठ्नेबित्तिकै हाँसेर तिमी नै म भनेर हेर सधैं । यसले तिमीलाई भित्रैबाट पनि, बाहिरबाट पनि उज्यालो चमक दिलाउनेछ । प्लिज यो मेरो लागि सधैं गर, मलाई र मेरो तिमीप्रतिको मायालाई । हाँसिरहनु भनेको एक प्रकारको टनिक हो, भित्री र बाहिरी दुवै स्वास्थ्यका लागि, प्लिज सदा हाँस म र मेरो तिमीप्रतिको मायाका निम्ति ।

यहाँ अत्यन्तै महत्त्वपूर्ण प्रश्न र त्यसको उत्तर छ जुन बुद्धत्व प्राप्त गरेकाहरूले दिने गर्दछन् ।

प्रश्न :– यो सारा विश्वमा तिमी तिम्रा लागि को बनेको छ भनेर खोज्न सक्छौ ?
उत्तर :– “सबभन्दा उत्तम तरिका यो हो कि तिमीहरू दुवैसँगै जन्मिएका छौ । मेडिकल साइन्सले पनि त्यही भन्छ, हाम्रा पुराना ग्रन्थहरूले पनि त्यही भन्छ कि उनीहरू एउटै–एउटै यो मिलन बिन्दुमा आएका छन् :– त्यो हो …श्रीमान श्रीमती जति टाढाको नाताको भयो उसको सन्तान शारीरिक रूपले अरूभन्दा क्षमतावान् हुन्छ, दिमागी रूपले पनि क्षमतावान् हुन्छ, अरूभन्दा बढी भक्ति जागृत भएको हुन्छ ।”

जब हामी मायामा हुन्छौं, हरेक क्षणले नयाँ ऊर्जा दिलाएको हुन्छ, नयाँ गाना घन्काएको हुन्छ । हरेक क्षणले नयाँ–नयाँ किसिमको धेरै राम्रो नृत्य जगाएको हुन्छ । यसलाई तिमी यसरी सजिलैसँग बुझ्न सक्छौ ……………त्यो धेरै उपयोगी र महत्त्वपूर्ण शब्द हाम्रो दैनिक जीवनमा आइरहेको हुन्छ त्यो हो माया र नियम । नियमलाई दिमागको आडमा बनाइएको हुन्छ । नियम भनेको त्यसका लागि हो जसले मायाको भाषा बिर्सिसकेका हुन्छन् । उनीहरूलाई दिमागको नियम मात्र थाहा हुन्छ । तर माया भत्रे शब्द त्यसका लागि हो जसलाई थाहा छ कसरी माया गर्ने भनेर । उनीहरूलाई सबै किसिमको भाषाको ज्ञान हुन्छ । हे मेरी प्रिय ! कसलाई थाहा छ भोलि के हुन्छ भनेर ? जुन व्यक्तिलाई तिमीले मनपराएका छौ – चलाउन सम्भव छ ? तिमीले नजिकमा आउनुपर्छ दूरीमा । यो सबै तिमीमै निर्भर छ । तिम्रो धारणा र भावनामा । जब हामी मायामा थियौं अवश्य त्यहाँ दुइटा शरीर छन् तर हृदय एउटै छ । हृदयको गीत पनि एउटै छ । हवाइजहाजमा उड्दा बादलभित्र बसेजस्तै बादलभित्र हामी दुई मात्र छौं । हामी सबैबाट विलीन छौं । मायाले यसको योगफल दिलाउँछ । धेरै राम्रो यसको नतिजा छ कि हामी आफू नै हुँदैनौं । एकअर्काका लागि हुन्छौं । यसरी हामी बादलमा गायब हुन्छौं । जब मायाले व्यापक रूपमा आफ्नो सुगन्ध फैलाउँछ सबै तुरुन्तै हुन्छ । भोलिको के हुने भत्रे डर कतै रहँदैन । त्यसैले यहाँ कुनै प्रश्न छैन । हाम्रो माया नदीजस्तो छ । अनि तथ्यगत रूपमा सारा विश्वभरि माया बढ्नेछ आजभन्दा । आज हाम्रो यत्ति ठूलो माया पनि धाराको पानीको टिपटिपजस्तो छ । यसले प्यास मेटाउन गाहर्ो छ, बाडुली लगाउनेछ । हामीलाई आकाशे महासागरको जस्तो झररर सार्वजनिक मायाको खाँचो छ । एकपटक तिमी जब तिम्रो मायाको सुगन्धका बारेमा जान्छ्यौ तब कुनै प्रश्नको जरुरत पर्दैन । अहिले अब मेरो विचारमा तिम्रा सबै डरहरू, दोधारहरू सदाका लागि आफसेआफ भागिसक्यो । के मैले ठिक भनेँ ? हो मैले विश्वास गरेँ, मेरो विश्वासलाई पनि तिमीले समर्थन गर्यौ । आउँदा दिनहरूमा हाम्रा वैवाहिक जीवनहरू झगडाले नर्कमा नजाऊन् । तर यो जीवनले स्वर्गभन्दा माथि स्वर्गमा कुनै पनि मूल्यविना पूरै स्वतन्त्रतापूर्वक माया, प्रेम, आदर, सहयोग, कदर, विश्वासहरूका सत्यताबाट लानु आवश्यक छ ।

म तिमी भित्रै छु, तिमी म भित्रै छ्यौ । त्यसकारण प्लिज सधैं हृदयबाट कुरा गर ल ? लौ त मैले केही खानुपर्छ भत्रे महसूस गरेँ । कृपया आऊ र मलाई साथ देऊ । म सधैं बिहान, दिउँसो, बेलुकीको खानामा साथै चियाका कपहरूमा तिम्रो अभाव खट्काइरहेको छु । धेरै–धेरै धन्यवाद ! तिम्रो मेरो निम्तिको मायाको निमित्त सदा स्वागत गर्दछु, सदा हृदयबाट ।

प्रेम दिवस यानेकी प्रणय दिवस यानेकी यसपालिको भ्यालेन्टाइनस् डे को शुभ अवसरको मुरी–मुरी शुभ–कामनासहित मेरी प्यारी भ्यालेन्टाइन स्याफ्रोन ! तिमीलाई माया, आदर, सेवा, भक्तिमा सदा सम्झिरहने !

तिम्रो सदाको प्रेमी विजय

२०६३ फागुन २
बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं
[email protected]

पहिलो पटक प्रकाशित – 2012-01-31 14:37:16 +0000

2 thoughts on “पत्र कथा :– प्रेमिकालाई पत्र”

  1. मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    विजय सर
    उनैको ड्राफ्टमा पत्र पढ्नुले माया कति गहिरो रहेछ भनेर थाहा पाएँ ।
    तिमी आफ्नै गुरु हौ भनेर फ्रीडम दिएकोमा नारी स्वतन्त्रताको इज्जत लाग्यो ।
    खप्टिएको हृदयको प्रतिक सन्ताननै हो यो बनाउनु भएकोले सन्तानमा दुबैको उत्तिक्कै हक हुन्छ भनेर प्रष्ट्याउनु भएकोमा धन्यवाद ।
    साँचोमायामा अत्यन्तै शक्ति हुन्छ भनेर मैले पनि महसूस गरेकी छु ।
    भगवानले धरती बनाउनुभयो तर मानवले सीमारेखा बनाए र सीमारेखा दिनप्रतिदिन बढिरहेको छ । यो निक्कै चोटिलो तरिकाले भन्नुभयो साह्रै खुशिलाग्यो ।
    सियोको टुप्पो जतिको डर पनि नराखिकन भन भनेको झनै मन पर्यो ।
    त्रि्रो लागि मेरो माया जीवनसाथीका रुपमा, बुबाको रुपमा , आमाको रुपमा , दाजुभाइका रुपमा , दिदीबहिनीका रुपमा , छोराको रुपमा अदिआदि । यो त झनै भित्र सम्म छोरो मलाई
    हाँस्नुनै टनिक हो । बुद्धको वचन , हवाइजहाजबाट देखिने बादल भित्रको लुकामारी कति छन् कति राम्रा कुरा धेरै धेरै राम्रो कलम चलाउनु भयो ।बास्तवमा भन्ने हो भने एउटा सही मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ । यहाँको सदा साहित्यिक सफलताको कामना !
    सरस्वती शर्मा ( अस्मिता )

    1. Thanks ASHMITA ji हृयाप्पी भ्यालेन्टाइन डे
      भ्यालेनटाइन डे यानेकी प्रणय दिवस यानेकी प्रेम दिवसलाई लक्षित गरी कोरिएको यो कथा यही दिवसको अवसरमा मनन गरिदिनु हुन सबै पाठकहरुलाई सादर अनुरोध गर्दछु साथै सबै पाठकहरुलाई म कथाकारको तर्फबाट भित्री अनुग्रहित दिलदेखि हृयाप्पी भ्यालेन्टाइन डे भन्न चाहन्छु । धन्यवाद !
      ======बिजु सुवेदी “विजय”=========

Leave a Reply

Your email address will not be published. Required fields are marked *