Skip to content

सुखको अर्थ रहदैन त्याहाँ, दुःखको आभास भएन भने
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।

हाँस्न त याहाँ सबै हाँस्छन्, पिडा लुकाएरै भए पनि
रुनुको अर्थ रहदैन फेरी, हाँसो हराई गएन भने ।।
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।

चोट लाग्दैमा घाउ हुदैन, हुन्छ त केबल दुखाईमा अन्तर
सानो घाउ लाग्दानी दुख्छ,पिडा र चोट सहेन भने ।।

सुखको अर्थ रहदैन त्याहाँ, दुःखको आभास भएन भने
के अर्थ भो सुखमा जीवन, दुखमा जीवन रहेन भने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *