Skip to content

फूल सम्झी छाने भने


तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त !
एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त !

तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै
तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !

औकात् भन्दा धेरै बोल्न जान्दिन म अरु सामु
आउ झुण्ड पाखुरीमा धाने भने मान्छौ कि त !

भित्री कुरा बुझी मैले यात्रा तय गर्ने बेला
सृष्ट्रि कै त्यो फूल सम्झी छाने भने मान्छौ कि त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *