Skip to content

तिम्रो भर्ने पाथी भए मेरो भर्ने मानो होला

तिम्रो जात ठूलो भए
मेरो जात सानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।

हामीले लीने हावा एउटै
हामी यहीँ साश फेर्छौँ
नजर हाम्रा फरक–फरक
हेर्ने दृष्र्य एउटै हेर्छौँ ।।
… तिम्रो आँखा सध्य भए
मेरो आँखा कानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।

पानी खाने धारो भिन्नै
आखीरमा मूल एउटै
पूज्ने ईश्वर ढुङ्गा मुर्ति
चढाउने फुल एउटै ।।
रुझ्दा खेरी कहीँ कतै
ओत एउटै छानो होला
तिम्रो भर्ने पाथी भए
मेरो भर्ने मानो होला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *