Skip to content

नदीवारि नदीपारि


नदी वारि छ –
लोकमार्ग
पारि छ –
तारेभीर /
वारि छ -वासना
पारि -विषय /

वारि छ -माया
पारि – मायालु /
वारि छ -सन्दर्भ
पारि – समय /
वारि छ -दृष्टि
पारि -दृश्य /
वारि छ – मृत्यु
पारि -जिन्दगी /

पिर बोकेर मान्छेको
गाडीहरु हुइंकिदैछन् /
संक्रमित यात्रा
संक्रमित भविष्य
कहिले बग्छ –
सुल्टो नदी

कहिले बग्छ
उल्टो नदी /

विर्सेर सम्भावित दुर्घटना
नदीहरु सदैव
नदीमा मिसिन्छन् ,
मान्छेहरु सदैव
मान्छेमा मिसिन्छन्/
मिसिनु मात्र नदीको
प्रवृत्ति भइसक्यो/
नदी झैं मिसिने मान्छेको
प्रकृत्ति भइसक्यो /

कलिला दुधे ओंठहरु
मरिची आँखा जुधाउँछन् /
भविष्य खोज्ने यात्राहरु
बाटो वीच हराउँछन् /
अनगिन्ती मान्छेको एउटा मुटु
खस्छ आगोको तल़ाऊमा /
त्यसैमा खस्नु नै मुटुको
नियती भइसक्यो /

वारि छ – यात्रा
पारि-गन्तव्य /
हात हातमा छन् –
प्रार्थनामय
मोबाइलका टावरहरु /
वारि दगुर्छन्
ठुल्ठुला
कारखाना र योजना ,
पारि छ नितान्त एक्लो
स्याउले झुपडी /

वारि एउटा छ
पारि अर्कै छ
देश लेख्ने मनका कुइनेटाहरुमा
माया गर्ने मनका कुइनेटाहरुमा /

1 thought on “नदीवारि नदीपारि”

  1. Saran ji hajur lai badhai
    Saran ji hajur lai dhalai bhaya pani badhai 6 hajur lai ani hajur ko kabita lai pani.hajur ko sahitek yatra aajha dhari mathi pugos.ma bharat ko tarfa bata hajur lai subhakama.aasha 6 hajur ko tyo kabita chadai nai mahile majheri ma padhana pauni 6u.

Leave a Reply

Your email address will not be published. Required fields are marked *