Skip to content

मेरी काली उनीलाई


नसम्झेको हैन मैले मेरी काली उनीलाई
नलाएको हैन माया हाम्रो जुनीभरिलाई !
नगाएको हैन गीत उनको याद आइदिँदा
नगरेको हैन प्रीत उनी टाढा भइदिँदा !!

तिनी काली पाए पुग्छ चाहिँदैन मलाई सेती
चट्टान नै भए पनि लगाउने छु त्यहाँ खेती !
रमाउने छ मेरो प्रीत त्यहीँ चट्टानको बीच
उनको माया पलाउने छ घामपानी सित !!

उनको दर्सन पाउन भनी मैले धेरै कुरेको
फूलको माला उनलाई दिन धेरै भो उनेको !
उनी आउने बाटो हेर्दै कल्पना नै उनैको
हुन्छ मात्रै भनिदिए दिन्थे हार सुनैको !!

सम्झना त कति कति मेरी काली उनीको
देखौँ भेटौँ भइरहने कस्तो रोग लागेको !
सोचाई हेराई जताततै उनकै छाया देखेको
उनलाई भुल्न नसकेरै यो कविता लेखेको !!

03-6366-5020

1 thought on “मेरी काली उनीलाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *