Skip to content

सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प

  • by
20120212_BinaTamang_News


बूढानीलकण्ठ, काठमाण्डौ
पुस ३० गते ।

यही २०६८ साल पुस ३० गते शनिवारको दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरूको उपस्थितिमा वाण गंगा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कवि गोष्ठी आयोजना गर्यो ।

युवराज नयाँघरे, श्याम संकल्प, श्याम दुलाल अश्रु, कुश गुरागाई हसक, नरप्रसाद धिताल, बिनामाया तामाङ, जयराम धिताल, सीता तामाङ, नारायण दुलाल, राजेश दुलाल लगायत करीव तीस जनाभन्दा बढी कविहरूले आ-आफ्ना रचनाको रुपमा कविता, गजल, हाइकु, तांका, गीत, मुक्तकहरू वाचन गरेका थिए ।

साथै उक्त कार्यक्रममा वागद्वार साहित्य समाजको पुनर्गठन पनि गरियो ।

समाजको पुनर्गठित कार्य समितिको अध्यक्षमा श्याम संकल्प उपाध्यक्षमा श्याम ब. भावुक, सचिवमा जयराम धिताल, कोषाध्यक्षमा बिनामाया तामाङ तथा सदस्यहरूमा श्याम दुलाल अश्रु, कुश गुरागाई हसक, सीता तामाङ, नारायण दुलाल रहेका छन ।

उक्त कार्यक्रम सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न भएको थियो ।

बिना तामांग “सुनगाभा”
काठमान्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *